१६ असार २०८३, मंगलबार
त्रिविको निर्णय

उत्तरपुस्तिका हराएको घटनामा ३ सदस्यीय उच्चस्तरीय समिति गठन

चैत १५, २०८०
काठमाडौं
उत्तरपुस्तिका हराएको घटनामा ३ सदस्यीय उच्चस्तरीय समिति गठन

त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ । 

त्रिभुवन विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलको संयोजकत्वमा ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको हो । समितिलाई  त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्को बिहीबार बसेको निर्णयअनुसार ३० दिन भित्र प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ । 

परीक्षा नियन्त्रण कार्यालयले २०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य विषय (कोड नं. ४२२) र शिक्षा शास्त्र सङ्काय तर्फको शिक्षाको आधार विषय (कोड नं. ४१२) का उत्तरपुस्तिकाहरू हराएको थियो । 

यस सन्दर्भमा विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित समाचार  र जनमानसमा उत्पन्न चासो तथा चिन्ताप्रति गम्भीर ध्यानाकर्षण गराउँदै समिति गठन गरिएको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

 यही चैत २१ गते तत् तत् विषयका परीक्षाहरू सञ्चालन हुने गरी सूचना समेत प्रकाशित भइसकेको विश्वविद्यालयको भनाइ छ । 

 समितिबाट प्राप्त प्रतिवेदन उपर छलफल गरी आवश्यक निर्णय लिइने विश्वविद्यालयले जनाएको छ । 

null

salt training

कमेन्ट गर्नुहोस्