०९ असार २०८३, मंगलबार

बारबरा फाउन्डेसनले गर्‍यो २५ लाखको ‘खोजमूलक पत्रकारिता पुरस्कार’का लागि आवेदन आह्वान

चैत १५, २०८०
काठमाडौं
बारबरा फाउन्डेसनले गर्‍यो २५ लाखको ‘खोजमूलक पत्रकारिता पुरस्कार’का लागि आवेदन आह्वान

बारबरा फाउन्डेसनले २५ लाख रुपैयाँ राशिको खोजमूलक पत्रकारिता पुरस्कार– २०८१ प्रदान गर्ने भएको छ । हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कार पहिलो हुनेलाई १५ लाख रुपैयाँ प्रदान गरिने छ ।

यस्तै दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख रुपैयाँ प्रदान गरिने फाउन्डेनले बिहीवार विज्ञप्ति जारी गर्दै जनाएको छ । 

२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रशारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिस्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ ।

पुरस्कारको घोषणा आउँदो वैशाख २१ मा गरिने विज्ञप्तिमा उल्लेख छ । प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ ।

यस्तो छ विज्ञप्तिः 

null

salt training

कमेन्ट गर्नुहोस्