०९ साउन २०८३, शनिबार
टी-ट्वान्टी शृंखला

सनसनीपूर्ण खेलमा जीतनजिक पुरेर चुक्यो नेपाल 'ए'

चैत १६, २०८०
काठमाडौं
सनसनीपूर्ण खेलमा जीतनजिक पुरेर चुक्यो नेपाल 'ए'

अन्तिम ३ ओभरमा सम्हालिन नसक्दा 'नेपाल ए' 'आयरल्यान्ड ए'सँगको टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा २१ रनले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा २२३ रनको लक्ष्य पछ्याएको नेपाल ए १९ ओभर ३ बलमा २०१ रन जोड्दा अलआउट भयो ।

नेपालको पारीमा लोकेश बमले सर्वाधिक १०६ र आरिफ शेखले ४९ रन जोडे पनि जीतका लागि पर्याप्त भएन । 

१७ औं ओभरको समाप्तिमा ४ विकेट गुमाएर १९३ रन जोडिसकेको नेपालले त्यसपछिको ३ ओभरमा ८ रन थप्दा बाँकी ६ विकेट गुमाउन पुग्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाहुना टोली आयरल्यान्ड एले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २२२ रन जोडेको थियो । 

उसका लागि पिटर मूरले सर्वाधिक ४९ रनको योगदान गरेर नेपालका कमलसिंह ऐरीले ३९ रन खर्चिएर ३ विकेट लिए ।

 बाँकी १-१ विकेट सागर ढकाल र आरिफ शेखका नाममा रह्यो ।

बिहीबारका लागि तोकिएको पहिलो खेल वर्षाले अवरुद्ध भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्