१५ असार २०८३, सोमबार

गौचन हत्याको अनुसन्धान प्रहरीले गुन्डामाथि केन्द्रित, यसो भन्छ प्रहरी

कात्तिक २०, २०७४
गौचन हत्याको अनुसन्धान प्रहरीले गुन्डामाथि केन्द्रित, यसो भन्छ प्रहरी
काठमाडौँ, २६ असोज- निर्माण व्यवसायी शरदकुमार गौचन हत्याको अनुसन्धान प्रहरीले गुन्डामाथि केन्द्रित गरेको छ । घटनामा संलग्न रहेको आशंकामा केहीलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको अनुसन्धानका लागि गठिन छानबिन समितिले केही शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार विगतमा कुमार घैँटे समूहमा आबद्ध व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । ‘उनीहरूबाट केही तथ्य खुलेको छ,’ प्रहरी स्रोत भन्छ, ‘हत्या गुन्डागर्दीमै संलग्न समूहबाट भएको देखिन्छ ।’sarad

सोमबार दिउँसो गौचनको शान्तिनगरमा गोली हानी हत्या भएको थियो । घरबाट कार्यालय जाने क्रममा बाटो कुरेर बसेका आक्रमणकारीले सुरुमा इँटाले हानेर गाडी रोकेका थिए । त्यसपछि एक सुटरले गौचनलाई गाडीको अगाडि भागबाट दुई राउन्ड गोली हानेका थिए । अस्पताल पु¥याउने क्रममा उनको बाटोमै मृत्यु भएको थियो, नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्