११ असार २०८३, बिहीबार

३ लाख लिएर बेपत्ता भइन् बसन्ता, खोजी गरिदिन श्रीमानको हारगुहार

कात्तिक २०, २०७४
३ लाख लिएर बेपत्ता भइन् बसन्ता, खोजी गरिदिन श्रीमानको हारगुहार

कपिलवस्तु, २६ असोज– यहाँ १२ दिनदेखि एक महिला बेपत्ता भएकी छिन् ।

अर्घाखाँची फुदवाङ स्थायी घर भई हाल बुद्धभूमि नगरपालिका वडा नं ९ इमिलियामा भाडामा बस्दै आएकी २९ वर्षीया वसन्ता विसी (केसी) यही असोज १४ गते (दशैँको टीका) का दिनदेखि हराएकी छिन् ।

बचत समूहबाट लिएको ३ लाख ऋणका विषयमा सामान्य घरायसी विवाद भएपछि दशैँको टीकाको दिन साँझ ७ः०० बजेदेखि श्रीमती घरमा नभएको श्रीमान् लालबहादुर केसीले जानकारी दिए ।

आफू बिरामी भएको मौका छोपी श्रीमतीले तीन लाख नगद रकमसहित सुनका गहनासमेत लिएर गएको श्रीमान् लालबहादुर केसीले गुनासो गरे ।

‘यस्तो समान्य विवाद हुँदा घरै छोडेर जालिन् भन्ने कल्पनासमेत गरेको थिइन,’ लालबहादुरले भने । डेढ वर्षदेखि इमिलियामा भाडामा बस्दै आएका लालबहादुर गाडी चलाउन काम गर्छन् । उनको एक ९ वर्षीय छोरा छन्् । पहिले पनि घरमा सामान्य विवाद हुने गरेको लालबहादुरले बताए ।

आर्थिक कारोबार श्रीमतीले गर्ने गरेको र पैसा माग्दा तपाईलाई किन चाहियो भन्दै झर्किने गरेको लाल बहादुरले सुनाए । सबै ठाउँमा खोजी गरेको तर कतै पत्ता लगाउन नसकिएको भन्दै खोजिदिन पुलिस प्रशासन, मानवअधिकारवादी, पत्रकार सबैलाई आग्रह गरेका छन् ।

घर र माइती दुवै पक्षबाट खोजीदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा निवेदन परेको र निजको खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक छमन खत्रीले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्