१२ साउन २०८३, मंगलबार

वाम गठवन्धन छाड्ने तयारीमा बाबुराम, ‘एमाले–माओवादीले साह्रै हेपे’

कात्तिक २०, २०७४
 वाम गठवन्धन छाड्ने तयारीमा बाबुराम, ‘एमाले–माओवादीले साह्रै हेपे’

काठमाडौं, २६ असोज– घोषणा भएको १० दिन नपुग्दै वाम गठवन्धनमा उम्मेदवार छनौटको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।

खासगरी पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफ्नो पार्टी नयाँ शक्तिलाई प्रतिनिधि सभामा १५ र प्रदेश सभामा न्युनतम २० सिट दिनुपर्ने अडान राखेपछि गठवन्धनमा समस्या उत्पन्न भएको हो ।

गठवन्धन गर्नु अगाडि आफूहरुलाई १५ सिट दिने समझदारी बनेको नयाँ शक्तिका नेताको भनाइ छ । तर अहिले एमाले र माओवादीले नयाँ शक्तिका लागि प्रनिनिधिसभामा १५ सिट छाड्न मानिरहेका छैनन् । यस्तै प्रदेश सभामा पनि बढीमा १० सिट नयाँ शक्तिलाई निद सकिने एमाले र माओवादीका नेताहरुको भनाइ छ । जसले गर्दा गठवन्धनमा समस्या उत्पन्न भएको छ ।

यस्तै माओवादी केन्द्रले बाबुराम भट्टराईका लागि गोरखा जिल्ला छाड्न नसक्ने अडान लिएपछि गठवन्धनमा अझ विवाद बढेको हो । जसका कारण बाबुराम गठवन्धनबाट बाहिरिने मनिस्थितिमा पुगेका उनी निकट स्रोतको भनाइ छ ।

माओवादी केन्द्रले गोरखा–२ बाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेको छ । बाबुराम भट्टराईले पनि गोरखा–२ बाट चुनाव लड्ने भनेर यसअघि नै घोषणा गरिसकेका थिए ।

बाबुरामले नारायणकाजीका लागि गोरखा–२ छाडेर १ नम्बर क्षेत्रबाट चुनाव लड्न आफू तयार रहेको जनाए पनि माओवादी नेता भने सकरात्मक हुन नसकेको नयाँ शक्तिका एक नेताले बताए ।

माओवादी अध्यक्ष प्रचण्डले बाबुरामलाई काठमाडौंबाट चुनाव लड्न सुझाव दिएका छन् । तर बाबुराम भने कुनै पनि हालतमा गोरखा नछाड्ने मनस्थितिमा छन् ।

सोही विषयमा छलफल गर्न भट्टराई बुधवार नेकपा एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका थिए । तर ओलीले समेत बाबुरामको चासोमा सकरात्मक जवाफ नदिएको नयाँ शक्ति स्रोतको भनाइ छ ।

एमाले र माओवादीले आफूहरुलाई धेरै हेपेको भन्दै बाबुरामले वाम गठवन्धन छाड्ने मनस्थिति बनाइसकेको नयाँ शक्ति स्रोतको भनाइ छ । अन्तिम पटक छलफल गर्न भन्दै बाबुरामले बिहीवारका लागि माओवादी अध्यक्ष प्रचण्डसँग भेटघाट गर्ने तयारी गरेका छन् । प्रचण्डसँगको छलफल पनि सकरात्मक नभए गठवन्धन छाड्ने बाबुरामको तयारी छ ।

salt training

कमेन्ट गर्नुहोस्