
नेपालगन्ज कारागारका एक जना वृद्ध थुनुवा (कैदी)को मृत्यु भएको छ ।
नेपालगन्ज उपमहानगरपालिका–८ का ६६ वर्षीय अब्दुलवारी जोलाहको हृदयघातका कारण मृत्यु भएको कारागारका प्रमुख जेलर अर्जुनजङ्ग शाहले बताए ।
उनका अनुसार आज बिहान करिब ४ बजेतिर जोलाहको एक्कासि छाती दुखेपछि उपचारका लागि तत्काल भेरी अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन् ।
मृतक जोलाह तीन महिनाअघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागारमा कैदीको रुपमा रहँदै आएका कारागार कार्यालयले जनाएको छ ।
गत पुस १७ गते मृतक जोलाह पुर्पक्षका लागि कारागार चलान भएका थिए ।