०२ असार २०८३, मंगलबार

उच्च र जिल्ला अदालतमा नेपाल टेलिकमको सेवा

चैत २१, २०८०
काठमाडौं
उच्च र जिल्ला अदालतमा नेपाल टेलिकमको सेवा

नेपाल टेलिकमले विभिन्न उच्च अदालत तथा जिल्ला अदालतहरूमा विविध दूरसञ्चार सेवा उपलब्ध गराउने भएको छ ।

त्यसका लागि टेलिकम र सर्वोच्च अदालतबीच आज सम्झौता सम्पन्न भएको छ ।

सम्झौता पत्रमा टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल) र सर्वोच्च अदालतको तर्फबाट सह-रजिस्ट्रार हरिराज कार्कीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार उच्च अदालत तथा जिल्ला अदालतहरूमा डेडिकेटेड इन्टरनेट र डेडिकेटेड इन्ट्रानेट सेवाका साथै एफटीटीएच सेवा तथा एसएमएस एलर्ट सेवा र पुल एसएमएस सेवा (सर्ट कोड) उपलब्ध गराउनेछ ।

हाल यो सेवा सम्पूर्ण उच्च अदालतहरू तथा उच्च अदालत अन्तर्गतका इजलासहरू र विभिन्न जिल्ला अदालतहरूमा उपलब्ध हुने टेलिकमका प्रवक्ता हरि ढकालले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्