×

NIC ASIA

भारतमा लोकसभा निर्वाचनः राहुल गान्धीले वायनाडबाट गराए उम्मेदवारी दर्ता

काठमाडाैं | चैत २१, २०८०

Prabhu Bank
NTC
Premier Steels

नयाँ दिल्ली–भारतमा आगामी लोकसभाका लागि हुन लागेको आमनिर्वाचनका लागि विपक्षी नेता राहुल गान्धीले केरलाको वायनाडबाट उम्मेदवारी दर्ता गराएका छन् ।

Muktinath Bank

उम्मेदवारी दर्ताका क्रममा राहुलका हजारौं समर्थक उनकै साथमा निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गान्धी परिवारको लामो विरासत बोकेका ५३ वर्षीय राहुलको कांग्रेस आई पार्टी पछिल्ला दुई आमनिर्वाचनमा नराम्रोसँग पराजित भएको थियो । 


Advertisment
Nabil box
Kumari

यसपटकको चुनावमा पनि भारतीय जनता पार्टीका तर्फबाट चुनावी मैदानमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीसामु  कांग्रेस आई कमजोर रहेको अनुमान गरिएको छ । मोदीविरोधी मोर्चाको नेतृत्व गरिरहेका राहुललाई यसपटक पनि बहुमत ल्याउनु फलामको चिउरा चपाएसरह रहेको विश्लेषण गरिएको छ ।

Vianet communication

तैपनि दक्षिणी राज्य केरलाको वायनाडमा उनको समर्थनमा धेरै मानिस उपस्थित भएका छन् । 

बहिनी प्रियङ्का गान्धीसहित वायनाड पुगेका राहुलले आफ्ना समर्थकलाई सम्बोधन गर्दै आफूले आमजनतालाई आफ्नै परिवारसरह मान्ने गरेको बताएका थिए ।

वायनाडमा यो उनको दोस्रो उम्मेदवारी हो । उनी सन् २०१९ मा यही क्षेत्रबाट लोकसभा सांसदमा निर्वाचित भएका थिए । तर केही समयअघि उनले प्रधानमन्त्री मोदीलक्षित गलत टिप्पणी गरेको आरोपमा अदालतको आदेशबाटै सांसद पद गुमाउनु परेको थियो ।

भारतमा आगामी अप्रिल १९ बाट ६ हप्ता लामो शृंखलाबद्ध चुनाव हुँदैछ । जसमा झण्डै एक अर्बले मतदान गर्नेछन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

बैशाख २५, २०८१

बलिउड अभिनेता सलमान खानको निवासबाहिर गोली चलाएको घटनामा संग्लग्न भएको आरोपमा भारतीय प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । उनको घर रहेको ग्यालेक्सी अपार्टमेन्ट बाहिर गोली चलाएको आरोपमा मोहम्मद रफिक चौधरी...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

मंसिर ९, २०८०

आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x