२५ असार २०८३, बिहीबार

सुनसरी सदरमुकाममा हतियार देखाएर लुटपाट

चैत २१, २०८०
सुनसरी
सुनसरी सदरमुकाममा हतियार देखाएर लुटपाट

सुनसरी सदरमुकाम इनरुवा–९ बबियामा  आज दिउँसो हतियार देखाएर अज्ञात समूहले लुटपाट गरेको छ । 

मोटरसाइकलमा आएका अज्ञात समूहले रु पाँच लाख ३५ हजार लुटेका हुन् । हरिनगर गाउँपालिका–२ का सदाम अन्सारीले इनरुवाबाट जग्गा बिक्री गरेर घरतर्फ गइरहेको बेला तीन जनाको अज्ञात समूहले बबियामा सवारी रोकी हतियार देखाएर लुटपाट गरेको पीडितका बुबा सलामुद्दिन अन्सारीले बताए । 

हजुरआमा सैहरा खातुनको नाममा रहेको जग्गा गढी गाउँपालिका सतेरझोराका विनोदलाई बिक्री गरेर लिएको रु पाँच लाख ३५ हजार घर जाने क्रममा बाटैमा अज्ञात समूहले हतियार देखाएर लुटेको पीडित सदाम अन्सारीले बताए । 

पैसा लुटेर अज्ञात समूह मोटरसाइकलमा चढेर इनरुवातर्फ भागेका थिए । सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले बबियामा लुटपाट भएको पुष्टि गरे । लुटपाटको घटनामा संलग्नको खोजी भइरहेको सुनसरीका प्रनाउ भण्डारीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्