२० असार २०८३, शनिबार

मुख्यमन्त्री कार्कीको हात्ती मैत्री योजनामा लेखा समितिले उठायो प्रश्न

चैत २१, २०८०
विराटनगर
मुख्यमन्त्री कार्कीको हात्ती मैत्री योजनामा लेखा समितिले उठायो प्रश्न

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीको हात्ती मैत्री योजना कार्यक्रमको सार्वजनिक लेखा समितिले प्रश्न उठाएको छ । लेखा समितिले यसबारे पाँच बटा प्रश्न गरेको छ भने पाँच दिनभित्र जवाफ पेस गर्न पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई पत्राचार गरेको छ । 

मुख्यमन्त्री कार्कीले गत फागुन ९ गतेदेखि १७ गतेसम्म हात्तीमैत्री पदयात्रा गरेका थिए । समितिले ‘कुन खर्च शीर्षकबाट कति रकम खर्च गरियो ? वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गतको हो कि होइन ? उक्त कार्यक्रममा रकम खर्च गर्दा के कस्ता कानुनी र लेखाका प्रक्रिया अवलम्बन गरियो ? कार्यक्रममा प्रदेश सञ्चित कोषबाट खर्च गर्दा भविष्यमा बेरुजू नहुने आधार के के छन्’ भन्ने प्रश्न गरेको छ ।

कार्यक्रमबाट ‘हात्ती र मानवबिचको द्वन्द्व न्यूनीकरणका लागि ठोस र मूर्त रूपमा के परिणाम प्राप्त हुने उद्देश्य राखियो? र पुरा हुने आधार के के छन् ?’ भनेर पनि समितिले सोधेको छ । ‘मन्त्रालयहरूमा जथाभाबी खर्च गर्ने प्रवृत्ति बढेकाले बेरुजुको चाङ लाग्ने गरेको छ,’ सार्वजनिक लेखा समितिका सभापति  किशोरचन्द्र दुलालले भने ‘अहिले हामीले आलेखमा परीक्षणको  कार्यालयले उठाएका बेरुजुलाई घटाउन पनि निर्देशन दिएका छौ । ’

आज पत्र प्राप्त भएकाले चाडै जबाफ दिने हित पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरेले बताए । 

मुख्यमन्त्री कार्कीसहितको टोलीले ५६ सामुदायिक र चार साझेदारी बन क्षेत्र हुँदै २४३ किलोमिटर पैदल यात्रा गरेका थिए । टोलीमा कार्कीसहित पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती, मन्त्रालयका सचिव विशाल घिमिरे, हात्ती विज्ञहरूसहित दैनिक ८० जना भन्दा बढी सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्