१६ असार २०८३, मंगलबार

बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत २३, २०८०
बैतडी
बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

बैतडीको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८ झौलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा  दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए । मृत्यु हुनेमा ट्र्याक्टर चालकको परिचय नखुलेको उनले बताए । अर्का एक राजेश चौधरीको भने सनाखत भएको छ । 

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्