१८ असार २०८३, बिहीबार

नेविसंघको १२ औं महाधिवेशन आगामी पुसभित्र हुने

चैत २३, २०८०
काठमाडौं
नेविसंघको १२ औं महाधिवेशन आगामी पुसभित्र हुने

नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी वर्षको पुस मसान्तभित्र हुने भएको छ ।

संघको केन्द्रीय कमिटीको बैठकले आगामी वर्षको पुसमा महाधिवेशन गर्ने निर्णय गरेको हो ।

नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको अध्यक्षतामा बसेको बैठकले महाधिवेशनको मिति भने माउ पार्टी कांग्रेससँगको समन्वयमा तोक्ने निर्णय गरेको छ । 

पार्टीसँगको परामर्शमा नेविसंघले एक महिनाभित्र कार्यसम्पादन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

केन्द्रीय कार्यसमितिको ७५२ जनाको छ । यसको १० प्रतिशत सदस्य रहने गरी कार्यसम्पादन समिति गठन गर्ने नेविसंघले जनाएको छ ।

संगठन चलाउन प्रत्येक केन्द्रीय सदस्यबाट मासिक ५ सय रुपैयाँका दरले पैसा उठाउने पनि नेविसंघले जनाएको छ ।

लामो समयदेखि नेविसंघको महाधिवेशन हुन सकेको छैन । ​

शेर्पालाई अध्यक्ष बनाएको लामो समयपछि नेविसंघमा जम्बो केन्द्रीय समिति बनाइएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्