०४ असार २०८३, बिहीबार

ट्राफिक प्रहरीको लापसे चेकिङमा  ५  जना पक्राउ

चैत २३, २०८०
काठमाडौं
ट्राफिक प्रहरीको लापसे चेकिङमा  ५  जना पक्राउ

 लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई ट्राफिक प्रहरीले राजधानीको नागढुङ्गाबाट नियन्त्रणमा लिएको छ । 
    लु २ ख ७२ ७९ नम्बरका बस चालक नवलपरासी बर्दघाट सुस्ता पश्चिुमको बर्दघाट नगरपालिका ४ का ३१ वर्षीय नवराज राना, बा ३ ख २४ ९६ नम्बरका बस चालक धादिङको गजुरी गाउँपालिका १ का २४ वर्षीय रेमन आले मगर, ना ८ ख १५ ७७ नम्बरका बस चालक सल्यानको छ्त्रेश्वकरी गाउँपालिका ६ का ४२ वर्षीय शसिराम बोहरा, ना ७ ख ४१ ११ नम्बरका ट्याङ्कर चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका २० का २६ वर्षीय मोहमत नियाज र बा ६ च ६३ ३३ नम्बरका कार चालक मकवानपुरको हेटौडा उपमहानगरपालिका १५ का ३७ वर्षीय रोमी श्रेष्ठलाई ट्राफिक प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलिले चेक गर्दा‍ लागुपदार्थ सेवन गरी  सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागी प्रहरी वृत्त थानकोट पठाइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी उपरीक्षक विश्वोराज खड्काले बताए । 

यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्