×

NIC ASIA

मोफसल

सुदूरमै रमेका भीम: अब्बल कलाकार र सफल निर्देशक, छैन काठमाडौं जाने सपना

‘अछामी रेखा’को रूपमा स्थापित

धनगढी | चैत २४, २०८०

Prabhu Bank
NTC
Premier Steels

भनिन्छ कला क्षेत्रमा टिकिरहन धेरै सङ्घर्ष गर्नु पर्छ । यस क्षेत्रमा जो–कोही सफल हुन सकेका छैनन् । जति सफल भएका छन् तिनले अथाह सङ्घर्ष गरेका छन् । तीमध्ये एक हुन् भीम विष्ट । अछामको मङ्गलसेनका भीम कलाकारितासँगै नृत्य निर्देशनमा पोख्त छन् । सुदूरपश्चिमबाट तयार हुने अधिकांश म्युजिक भिडियो उनले नै निर्देशन गरेका छन् । अब्बल कलाकारको छवि बनाएका भीमको पृष्ठभूमि सहज भने छैन ।

Muktinath Bank

भीमले मङ्गलसेन विशाकोट– २ मा बाल्यकाल बिताएका थिए । भारतमा रोजगारी गरिरहेका बुवा उतै बिते । त्यो बेला दुई वर्षका मात्रै रहेका उनी बिचल्लीमा परे । उनका बुवा नेपाल प्रहरीको जागिर छोडेर भारत हिँडेका थिए । भारतमा आफन्तहरू नहुँदा खोजखबरमा निकै ढिला भयो । दुई वर्षकै उमेरमा टुहुरो भएपछि भीम बिचल्लीमा परे । फुपू–फुपाजु उनका सहारा बने अर्थात् फुपूकै घरमा भीम बस्न थाले । फुपू मना भण्डारी महिला नेत्रीसमेत हुन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

null


Advertisment
Nabil box
Kumari

राजनीति र व्यापारमा सक्रिय मनाले भीमलाई हुर्काउने मात्र नभएर पढाउने–लेखाउने सबै जिम्मेवारी लिइन् । उनका फुपाजु दलबहादुर भण्डारीले भने घरमै होटल चलाएका थिए । फुपू–फुपाजुको सहारामा बसेका भीम स्कूल जान्थे । दैनिकी राम्रै हुँदै थियो । तर सङ्कटकालको समयमा उनका दाजु पनि बेपत्ता भए । वनरक्षक पदमा नाम निकालेका उनका दाजु बेपत्ता भएपछि विष्ट परिवारमा झन् बज्रपात पर्यो । वनरक्षकका रूपमा जागिरे उनका दाजुले घर भने बनाइसकेका थिए ।

Vianet communication

पढाइको सिलसिलामा कैलालीको टीकापुर आएका भीमलाई मङ्गलसिंहको घर भाडाबाट आएको रकमले खर्च चलिरहेको थियो । तर विसं २०६१ मा अछामको घर तत्कालीन विद्रोही माओवादीले भत्कायो । कक्षा ६ मा अध्ययन गरिरहेका भीमले पढाइ सँगसँगै नृत्य सिक्न थाले भवानीप्रसाद रेग्मीले टीकापुर क्षेत्रमै सञ्चालन गरेको भिजन डान्स एकेडेमीमा उनले कक्षा लिन थाले ।

जब अछाम फर्किए...
पढाइसँगै नृत्य सिकिसकेपछि भीम अछाम फर्किए । अछाम गएको केही समयमै उनले विवाह गरे । उनले दीपशिखा बोर्डिङ स्कूलमा पढाउने जागिर पनि पाए । त्यति मात्रै होइन रेडियोमा  कार्यक्रमसमेत चलाउन थाले । टीकापुरमा सिकेको नृत्य उनले अब अछाममा देखाउन थाले । त्यसका लागि डान्स एकेडेमी खोलेर कक्षाहरू सञ्चालन गरे । यसपछि भीमको दैनिकी निकै व्यस्त बन्न गयो । बिहान ४ बजेदेखि ६ बजेसम्म नृत्य कक्षा (डान्स क्लास) सञ्चालन गर्थे । बिहान ६ बजेदेखि ९ बजेसम्म प्लस टू पढ्न क्याम्पस जान्थे । १० बजेदेखि ४ बजेसम्म स्कूलमा पढाउन जान्थे । ४ बजेपछि रेडियोमा हास्यव्यङ्ग्य कार्यक्रम चलाउँथे । यसले गर्दा उनलाई साथीभाइ र आफन्त भेट्न पनि समय हुँदैनथ्यो । 

null

‘मेरो व्यस्त दैनिकीका बाबजुद पनि मलाई घरपरिवार र आफन्तबाट भएको सहयोगले निकै सहज भयो । श्रीमती, फुपूलगायतले मेरा लागि कपडा र सामग्री ठीक्क पार्दिने, समयमै खाना–खाजा दिने गरेर मलाई सघाउनुहुन्थ्यो । जसले गर्दा मलाई बिहानदेखि बेलुकीसम्मको दैनिकीमा निकै सहज हुन्थ्यो,’ उनले भने ।

व्यस्त दैनिकीसँगै भीमलाई पैसा पनि कमाउनु थियो । शुरूवाती चरणमा उनले दुई हजार ५०० रुपैयाँ बाट बोर्डिङ स्कूलमा जागिर शुरू गरेका थिए । अर्को स्कूलले सात हजार दिन्छु भनेपछि उनले पहिलेको जागिर छोडे । झण्डै दुई घण्टा टाढा कैलाशश्वर प्राविमा अध्यापन गराउन थाले । सात हजार तलबसँगै उनलाई खान–बस्न पनि निःशुल्क गरिएको थियो । ‘सेवा–सुविधा त राम्रै पाएको थिएँ, तर डान्स क्लास र रेडियोको कार्यक्रम छुट्न थालेपछि मैले लामो समय त्यहाँ पनि काम गर्न सकिनँ । अनि मङ्गलसेन फर्केर व्यावसायिक रूपमै डान्स क्लासलाई सञ्चालन गर्न थालँे,’ उनले प्रस्ट्याए ।

दैनिकीलाई सहज बनाउन भीमले आफ्नै जीवनसंगिनीलाई ब्युटी पार्लर सिकाएका थिए । श्रीमतीले ब्युटी पार्लर सञ्चालन गरेपछि भीम अब तलबका लागि काम गर्न छोडे । श्रीमतीको कमाइबाट घर खर्च चल्ने भएपछि उनी नृत्यमै फोकस हुन थाले । स्थानीय स्तरमा हुने मेला महोत्सवमा भाग लिन तम्सिए । तर तत्कालीन समयमा अछाम क्षेत्रमा नृत्य गर्ने माहोल बनिसकेको थिएन । परम्परागत सोचका कारण धेरैलाई नृत्य गर्ने पेशालाई जातीय रूपमा हेर्ने गरेका थिए । त्यतिखेर डान्स क्लास सञ्चालन गर्न उनलाई निकै हम्मे–हम्मे पर्यो । तीन–चार पटक त उनको डान्स क्लासका सिसा झ्यालबाट ढुङ्गा हानेर फुटाइए । त्यसका बाबजुद पनि भीमले सङ्घर्ष गरिरहे । स्थानीय स्तरमा धेरैलाई नृत्य सिकाएर आफ्ना गतिविधि सञ्चालन गरे । उनको आउनेमध्ये कोही व्यावसायिक रूपमै कलाकार बन्न प्रयास गर्नेहरू थिए । कोही भने रहरका लागि नाच्न सिक्नेहरू डान्स क्लासमा आउँथे ।

...अनि जन्मिन् अछामी रेखा
अछाम क्षेत्रमा हुने मेला महोत्सवमा भीम र उनको समूह सहभागी भइरहन्थे । कला–क्षेत्रमै आफ्नो भविष्य देखेपछि भीमले कानूनीरूपमै ‘नयाँ तारा कला सागर’ दर्ता गरेर गतिविधिहरू सञ्चालन गर्न थाले । त्यतिखेर उनका सहयात्री जनक साउदले उनलाई प्रस्तुतिमा सघाउँथे । त्यो समयमा महिला कलाकार पाउन निकै मुस्किल थियो । भीमले नृत्य सिकाउने महिलाहरू कार्यक्रममा सहभागिता जनाउँदैन थिए । ‘महिला कलाकारहरू त मसँगै पनि थिए । तर उनीहरू मेला–महोत्सवमा भाग लिन मान्थेनन् । धेरै सम्झाउनु पथ्र्यो । धेरैको घरमै पुगेर हात जोडेर आमाबुवालाई पठाइदिनुस् न उहाँहरूको सबै जिम्मेवारी म लिन्छु भनेर सम्झाउनु पर्थ्यो । तर पनि उहाँहरू सजिलै पठाउनु हुँदैनथ्यो । महिला कलाकारको अभाव देखिएपछि हामीले त्यसको विकल्प खोजिरहेका थियौँ,’ उनले भने ।

null

त्यो समयमा नेपाली चलचित्र क्षेत्रकी नायिका रेखा थापाको चर्चा निकै थियो । चलचित्रमा मात्रै होइन महोत्सवमा पनि रेखाको नामले धेरै टिकट बिक्री हुन्थे । रेखालाई हेर्नका लागि दर्शकको ओइरो लाग्ने गर्थ्यो । त्यही समयमा भीमले समय सुहाउँदो एक मात्रको खोजी गरिरहेका थिए । त्यसभन्दा अघि धुर्मुस लगायतका अन्य कलाकारको अभिनय गरिरहने भीमले अछामकै एक सांस्कृतिक कार्यक्रममा महिला पात्र बनेर अभिनय गरे । त्यसमा उनले रेखा थापा बन्ने प्रयास गरे । पात्रका रूपमा आफूलाई ‘देखा थापा’ नामले उभ्याए । उनको प्रस्तुति दर्शकहरूले निकै मन पराए । भोटिङहरू हुन थाल्यो । माहोल भीममय बन्यो अर्थात् रेखामय । साथीहरूको सल्लाहपछि उनले देखा थापाबाट नाम परिमार्जन गरेर सभ्य नाम ‘अछामी रेखा’ तय गरे । मेला महोत्सवमा अब उनी अछामी रेखाका रूपमा प्रस्तुति दिन थाले । उनको चर्चा फैलिँदै गयो ।

अछामबाट प्रस्तुतिका लागि हुने सुदूरपश्चिम प्रदेशका नौवटै जिल्लासँगै कर्णाली र लुम्बिनी प्रदेश लगायतका स्थानमा पनि पुग्न थाले । उनलाई जहाँ गयो त्यहीँ सफलता मिल्न थाल्यो । ‘अछामी रेखा’को प्रस्तुतिले दर्शक रमाउँथे । दर्शकलाई खुसी पारेपछि आयोजकहरूले पनि फेरि–फेरि महोत्सवमा भीमलाई बोलाइरहन्थे । ‘त्यो समयमा महिला पात्र भनेर अभिनय गर्न त्यति सजिलो थिएन । मलाई महिलाले प्रयोग गर्ने वस्त्र, कपाल अनि मेकअप जुटाउन गाह्रो हुन्थ्यो । तर जसो–तसो म्यानेज गरेको थिएँ,’ उनी भन्छन्, ‘म पुरुष, अभिनय महिलाको गर्नुपर्ने । त्यो समयमा मलाई धेरैले गिज्याउँथे पनि । अनेकथरी टिकाटिप्पणी पनि हुन्थ्यो । कुनै–कुुनै भिडियोमा कमेन्टहरू महिला बन्न कति रहर लागेको भनेर आइरहन्थे । तर मैले भने तिनीहरूको प्रवाह गरिनँ । निरन्तर आफ्नो कार्यमा लागेँ । अहिले मलाई अछामी रेखा भनेर धेरैले चिन्छन् । यो नै मेरो लागि सफलताको हो । यही क्षेत्रमा सङ्घर्ष गरिरहेको छु । अहिले पनि अछामी रेखा क्यारेक्टर उत्तिकै चर्चित छ । यसमा खुसी लाग्छ ।’

ती सङ्घर्षका दिन...
कला क्षेत्रमा भीमले गरेको सङ्घर्ष सहज भने छैन । शुरूवाती चरणदेखि निकै अप्ठ्यारो सङ्घर्ष गरेको अनुभव उनीसँग छ । कलाकार बन्ने रहर पालेका कारण सांस्कृतिक कार्यक्रम, मेला र महोत्सवबाट अफर आउँदा निकै खुसी लागेको सुखद अनुभव पनि उनीसँग छ । ‘यति दिनुस्, उति दिनुस् भन्ने डिमान्ड गरिन्नथ्यो । उहाँहरूले सो इच्छाले सहयोग गर्नुहुन्थ्यो । हामी अधिकांश सांस्कृतिक कार्यक्रमहरूमा पुगिरहन्थ्यो । तर जबसम्म हाम्रो प्रस्तुति हुन्थ्यो त्यति खेरसम्म राम्रो व्यवहार पाउँथ्यौं,’ उनले भने, ‘जब प्रस्तुति सकिन्थ्यो त्यसपछि आयोजकहरूले खासै हाम्रो वास्ता गर्दैनथेबस्ने–खाने ठेगान हुँदैनथ्यो । धेरैजसो कार्यक्रममा त नदीका बगर गिट्टी गोठहरूमा सुतेको अनुभव हामीसँग छ । सुदूरपश्चिममा देउडाको माहोल निकै छ ।’ 

null

कला क्षेत्रमा पाइला चालेको शुरूवाती चरणमा भेडा–बाख्राका गोठ, बगर छेउमा स्याउला जम्मा गरेर त्यहीमाथि सुतेको अनुभव पनि भीमले सुनाए । ‘धेरै ठाउँमा त खानाको पनि व्यवस्थापन हुँदैनथ्यो । अधिकांश धार्मिक कार्यक्रममा भात खान दिँदैनथे । सुख्खा रोटी बनाउँथे । हामीसँग स–साना कलाकार भाइबहिनी पनि हुन्थे । उनीहरूले भात खान मन रहेको सुनाउँथे,’ एक कार्यक्रमको सम्झना सुनाउँदै उनले थपे, ‘कलाकारका लागि भनेर कट्टामा भात लिएर आए । हामीले धार्मिकस्थलभन्दा धेरै पर गएर भात खाएका थियौँ । यस्ता सङ्घर्ष र दुःख धेरै छन् ।’

अब्बल कलाकार, सफल निर्देशक
सङ्घर्षले खारिएका भीम अहिले अब्बल कलाकारसँगै सफल निर्देशकका रूपमा चिनिन्छन् । उनले हालसम्म ४०० भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका छन् । त्यसमध्ये अधिकांशमा उनी आफैँले अभिनय गरेका छन् । प्रायःजसो देउडा गीत नै उनले निर्देशन गरेका छन् । मोफसलमै जमेका भीमलाई देशको राजधानी अनि धेरैको सपनाको शहर मानिएको काठमाडौं जानु छैन । सुदूरपश्चिमकै भाषा कला संस्कृतिलाई जगेर्ना गर्ने सँगसँगै यहाँको कला क्षेत्रलाई प्रवर्द्धन गर्ने उनको लक्ष्य छ ।

‘शुरूवातमा धेरै दुःख थियो । भनेको पारिश्रमिक पनि पाइँदैनथ्यो । तर अहिले समय र विधि पनि फेरिएको छ । कलाकारका लागि अहिले निकै अवसर छन् । भनेको पारिश्रमिक पनि आउने अवस्था छ । तर यसका लागि कलाकार आफैंमा अब्बल हुन भने जरुरी छ,’ उनी सुझावको शैलीमा भन्छन्, ‘आफ्नो प्रस्तुति राम्रो नहुने, आफू कला क्षेत्रमा अब्बल नहुने, अनि आयोजकले बोलाएनन् भनेर दोष दिन त भएन नि ! आयोजकले बोलाउने वातावरण आफूले सिर्जना गर्न सक्नुपर्यो ।’

null

विगत १३ वर्षदेखि कला क्षेत्रमा स​क्रिय भीम यही पेशालाई थप व्यवस्थित बनाउने तयारीमा छन् । ‘एक दशकभन्दा बढी समय सङ्घर्ष गरिसकेपछि अब यो पेशा छोड्ने मेरो कुनै मनसाय छैन । मलाई मनपर्ने पेशा पनि यही हो । मैले दर्शकको माया पनि पाएको छु,’ उनी भन्छन्, ‘मलाई धेरै ठाउँमा अहिले अछामी रेखासँगै मेरो आफ्नै नामले पनि चिन्छन् । यो नै मेरो सम्पत्ति हो । अहिले त मेरै नक्कल गरेर मुम्बईकी रेखा, बेङ्गलोरकी रेखा, अछामकी मैना, डोटीकी गौरी लगायतका नामले केही कलाकार साथीहरूले प्रस्तुति दिन थालेका छन् । यसलाई म राम्रो तरिकाले हेर्छु । साथीहरूको राम्रो होस् यही मेरो चाहना छ ।’

कलाकारलाई राष्ट्रका गहना मात्र भनिएकोमा भीमको असन्तुष्टि छ । पत्रकारलाई राज्यको चौथो अङ्ग भनिएजस्तै कलाकारलाई पनि राज्यकै कुनै अङ्गका रूपमा परिष्कृत गरेर लैजानु पर्ने उनको माग छ ।

‘गहना सधैँ लगाइँदैन । गहना त कुनै चाडबाड र विशेष समयमा लगाइन्छ, त्यसपछि बाकसमा राखिन्छ । अहिले हाम्रो अवस्था पनि त्यही छ । कुनै मेला–महोत्सवमा मात्रै हामीले अवसर पाउँछौँ। त्यसपछि हामी पनि गहनाजस्तै थन्काइन्छौं,’ उनी अलि नेता शैलीमा भन्छन्, ‘यो हुनु हुँदैन । राज्यका लागि कलाकारले ठूलो योगदान दिएका छन् । देशको भेषभूषा, कला–संस्कृति विश्वमा चिनाउन कलाकारले ठूलो भूमिका खेलेका छन् । धेरैजसो कलाकारहरूको अझै पनि रोजीरोटी चल्नै गाह्रो छ । यही पेशाबाट परिवार धान्ने मुस्किल छ । राज्यले कलाकारको पनि मूल्याङ्कन गर्न आवश्यक छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

चैत १५, २०८०

२०५८ साल वसन्त ऋतुको समय । घमाइलो त्यो समयमा एउटा फूल काँडाको बाटो डोरिँदै थियो । बहकाउ र त्रासमा १३ वर्षको बालक सत्तालाई बन्दुक नाल तेर्स्याउन कस्सिएको थियो । लहडमा हिँडेको बाटोमा न ऊ फुल्न पायो, न ओइलियो ।...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

फागुन ५, २०८०

श्रीमान्–श्रीमती नैं शाखा अधिकृत, त्यो पनि एकसाथ । यस्तो सुखद संयोग सरकारी सेवामा प्रवेश गर्न चाहनेमध्ये कमैलाई मात्र जुर्ने गर्छ । तर, गुल्मीको धुर्कोट गाउँपालिका वडा नम्बर–६ का सुरेन्द्र पाण्डे र रमित...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

समानुपातिक, समावेशिताः सिद्धान्त र व्यवहार

जेठ १२, २०८१

नेपालमा भएका जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन लगायतका आन्दोलनहरूको मूल आशय एकल जातीय एकात्मक राज्य संरचनालाई पुनर्संरचना गरी बहुलतामा आधारित समावेशी राज्य निर्माण गर्ने रहेको थियो । अर्थात्, जातीय उत्पीडन र आन्त...

काग र सुगाको सन्देश

काग र सुगाको सन्देश

जेठ १२, २०८१

एक दिन प्रातः भ्रमणमा गएको बेला कुनै एक सज्जनले सोधे– ‘कागहरू किन स्वतन्त्र हुन्छन् र सुगाहरू किन बन्धनमा पर्छन् थाहा छ ?’ मैले भनेँ– अहँ, थाहा छैन, भन्नुस् न किन त्यस्तो हुन्छ ?’ उत्त...

कस्तो बजेट ? कत्रो बजेट ?

कस्तो बजेट ? कत्रो बजेट ?

जेठ ११, २०८१

आगामी वर्ष २०८१/०८२ को बजेट तथा वार्षिक विकास कार्यक्रम प्रस्तुत हुने संवैधानिक समयसीमा एकदमै नजिक छ । अर्थशास्त्री, सर्वसाधारण, राजनैतिक कार्यकर्ता, विकास साझेदार, उद्यमी, लगानीकर्ता र बेतनभोगीहरू आ–आफ्नै ...

x