११ असार २०८३, बिहीबार

पाथीभरामा केबलकार निर्माणको मागसहित फुङलिङमा सद्‌भाव र्‍याली

चैत २४, २०८०
ताप्लेजुङ
पाथीभरामा केबलकार निर्माणको मागसहित फुङलिङमा सद्‌भाव र्‍याली

देशकै महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय स्थल ताप्लेजुङको पाथीभरा मन्दिर दर्शनका लागि यात्रा सहज बनाउन तत्काल केबलकार निर्माण हुनुपर्ने सन्देशसहित सद्‌भाव र्‍याली निकालिएको छ ।

ताप्लेजुङ विकास प्रेमी नागरिक समाज ताप्लेजुङको आयोजनामा शनिवार सदरमुकाम फुङलिङमा निकालिएको र्‍यालीमा सयौं संख्यामा जिल्लाबासीको सहभागिता रहेको थियो ।

‘वृहत् नागरिक सद्‌भाव र्‍याली’ लेखिएको ब्यानरसहितको उक्त र्‍यालीमा नौमति बाजा र च्याब्रुङसहित विभिन्न जातजाति र समुदायको संस्कृति झल्कने झाँकी पनि प्रदर्शन गरिएको थियो ।​

र्‍यालीमा उपस्थित स्थानीयले केबलकार बने जिल्लाको विकासमा फड्को मार्ने प्रतिक्रिया दिएका थिए ।​

​र्‍यालीपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दावा शेर्पाले धार्मिक तथा पर्यटकीय क्षेत्रको विकासमा केबलकार निर्माणले ठूलो टेवा पुर्‍याउने हुँदा यो कार्यमा सबैले सहयोग गर्नुपर्ने धारणा राखेका छन् ।

यसैगरी, युमा साम्यो अभियन्ता पदमचेञ्जी मावोले ताप्लेजुङ जिल्लाको विकास, समृद्धि र पहिचानका लागि पाथीभरा क्षेत्रमा केबलकार बन्नुपर्ने बताए ।

यस्तै, कार्यक्रममा सहभागी महिला अगुवा मीना गुरुङले केबलकार निर्माणप्रति भ्रम सृजना गरेर विकास नरोक्न सबैलाई आग्रह गरिन् ।

salt training

कमेन्ट गर्नुहोस्