१५ असार २०८३, सोमबार

संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे सत्तारुढ दल र मधेसी मोर्चाबीच छलफल

कात्तिक २०, २०७४
संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे सत्तारुढ  दल र मधेसी मोर्चाबीच छलफल

 

काठमाडौँ, २९ पुस - व्यवस्थापिका–संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्नेबारे सत्तारुढ प्रमुख दल र मधेसी मोर्चाबीच सकारात्मक छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान भएको छलफलमा सत्तारुढ नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताहरुबीचको बैठकले संशोधनमा के–कस्ता विषयमा परिमार्जन गर्ने भन्नेबारे पुनः समझदारी गरी अघि बढ्ने निर्णय गरेको हो ।

संविधान संशोधनलाई परिमार्जनसहित पारित गर्नेबारे मोर्चाबीच सकारात्मक छलफल भएको उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“संविधान संशोधनबारे गहन कुराकानी भई संशोधनलाई परिमार्जन गरेर पारित गर्ने दिशातिर अघि बढ्नुपर्छ, भनेर मधेसी मोर्चासँग अत्यन्तै सकारात्मक छलफल भएको छ” –उहाँले भन्नुभयो ।

उपप्रधानमन्त्री निधिले संसद्मा पेस भएको निर्वाचनसम्बन्धी विधेयकलाई छिटोभन्दा छिटो पारित गराएर त्यसपछि निर्वाचनको मिति घोषणा गर्नेबारे छलफल भएको उल्लेख गर्नुभयो ।

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले संविधान संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गरेर निर्वाचनमा जानेबारे छलफल भएको बताउनुभयो ।

उहाँले संशोधन प्रस्तावलाई कसरी अघि बढाउने भन्नेबारे अझै छलफल गरेर पारित गर्नेबारे दुवै पक्षबीच सकारात्मक कुराकानी भएको बताउनुभयो ।

बैठकमा सहभागी मोर्चाको प्रमुख घटक सङ्घीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले संशोधन विधेयकलाई परिमार्जनसहित पारित गर्नेबारे सकारात्मक छलफल भएको बताउनुभयो ।

उहाँले संशोधन परिमार्जन के के विषयमा गर्ने भन्नेबारे सरकार र मोर्चासहितको गठबन्धनबीच छलफल र समझदारी गरी पारित गर्ने निर्णय भएको उल्लेख गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्