२४ जेठ २०८३, आइतबार
प्रदेश सरकार गठनमा झमेला

गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च जाने कांग्रेसको तयारी

चैत २५, २०८०
काठमाडौं
गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च जाने कांग्रेसको तयारी

गण्डकीमा सभामुखको समेत हस्ताक्षर जुटाएर गरिएको दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतवार एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 

अधिकारीको पक्षमा बहुमत पुर्‍याउन प्रदेश सभाका सभामुख कृष्ण धितालको नाम माओवादी सांसदको रूपमा गणना गरिएको थियो ।

एमालेका २२, सभामुखसमेत गरेर माओवादीका ८ र स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङेसमेतको समर्थनमा अधिकारीले बहुमत सांसद आफूसँग रहेको दाबी पेश गरेका थिए । 

कांग्रेसले भने सभामुख तटस्थ रहनुपर्ने भन्दै गैर संवैधानिक रूपमा गरिएको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आइतवार प्रदेश प्रमुखलाई पत्र लेखेर गैर संवैधानिक नियुक्ति नगर्न आग्रह गरेका थिए ।

आफूहरूको आग्रहविपरीत प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस सर्वोच्च जाने तयारी गरेको हो । ‘गैर संवैधानिक ढंगले गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध हामी सर्वोच्च जाने तयारी गरेका छौं, भ्याएसम्म आइतवार नै रिट दर्ताको तयारी भएको छ’ एक सांसदले लोकान्तरसँग भने । 

मुख्यमन्त्री अधिकारीले आजै शपथ गरेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्