×

NMB BANK
NIC ASIA

प्रदेश सरकार गठनमा झमेला

गण्डकीमा मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च जाने कांग्रेसको तयारी

काठमाडाैं | चैत २५, २०८०

NTC
Sarbottam
Premier Steels
Marvel

गण्डकीमा सभामुखको समेत हस्ताक्षर जुटाएर गरिएको दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सर्वोच्च अदालत जाने तयारी गरेको छ ।

Muktinath Bank

प्रदेश प्रमुख डिल्लीराज भट्टले आइतवार एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अधिकारीको पक्षमा बहुमत पुर्‍याउन प्रदेश सभाका सभामुख कृष्ण धितालको नाम माओवादी सांसदको रूपमा गणना गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

एमालेका २२, सभामुखसमेत गरेर माओवादीका ८ र स्वतन्त्र हैसियतमा रहेका दीपक मनाङेसमेतको समर्थनमा अधिकारीले बहुमत सांसद आफूसँग रहेको दाबी पेश गरेका थिए । 

Vianet communication
Laxmi Bank

कांग्रेसले भने सभामुख तटस्थ रहनुपर्ने भन्दै गैर संवैधानिक रूपमा गरिएको हस्ताक्षरलाई मान्यता नदिन आग्रह गरेको छ ।

निवर्तमान मुख्यमन्त्री एवं प्रदेश सभाका कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले आइतवार प्रदेश प्रमुखलाई पत्र लेखेर गैर संवैधानिक नियुक्ति नगर्न आग्रह गरेका थिए ।

आफूहरूको आग्रहविपरीत प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेपछि कांग्रेस सर्वोच्च जाने तयारी गरेको हो । ‘गैर संवैधानिक ढंगले गरिएको मुख्यमन्त्री नियुक्तिविरुद्ध हामी सर्वोच्च जाने तयारी गरेका छौं, भ्याएसम्म आइतवार नै रिट दर्ताको तयारी भएको छ’ एक सांसदले लोकान्तरसँग भने । 

मुख्यमन्त्री अधिकारीले आजै शपथ गरेर मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x