२९ जेठ २०८३, शुक्रबार

मुलुक समृद्ध बनाउने निर्वाचन प्रणालीलाई सबैले समर्थन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

चैत २५, २०८०
काठमाडौं
मुलुक समृद्ध बनाउने निर्वाचन प्रणालीलाई सबैले समर्थन गर्नुपर्छ : गृहमन्त्री लामिछाने

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लोकतन्त्रलाई सुदृढ र निर्वाचन प्रणालीलाई व्यवस्थित तुल्याउन गरी अघि बढाइएको निर्वाचन व्यवस्थापन विधेयकको मस्यौदालाई सार्वभौमसत्ता सम्पन्न संसद्ले थप समृद्ध तुल्याउने बताएका छन् ।

निर्वाचन व्यवस्थापन विधेयक र प्रतिनिधि सभा र प्रदेश सभा सदस्य उपनिर्वाचनका सम्बन्धमा निर्वाचन आयोगद्वारा आयोजित अन्तरक्रियामा उनले यस्तो बताएका हुन् ।

जुन विषयवस्तुले निर्वाचन प्रणाली र संसद्लाई समृद्ध र प्रभावकारी तुल्याउँछ त्यसलाई सबै पक्षले सहयोग र समर्थन गर्नुपर्ने उनको भनाइ थियो ।

'अहिले अभ्यासमा रहेको निर्वाचन प्रणालीप्रति उठेका प्रश्न र राजनीतिमा देखिएको विचलनलाई सुधार गर्दै निर्वाचनलाई सही ढङ्गबाट अघि बढाउने आयोगले व्यवहारिक विषय राखेको छ', उनले भने ।

निर्वाचन व्यवस्थापनसम्बन्धी कानुनको मस्यौदामा आयोगले दिएका सुझाव समावेश गर्न सकिएमा दलहरूको राजनीतिक चरित्र र समाज सुधारमा कोशेढुंगा सावित हुने उनको भनाइ थियो ।

निर्वाचनमा देखिएका कैयौँ विसङ्गति र विकृति अन्त्य गर्न बनेका कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिइने बताउँदै गृहमन्त्री लामिछानेले आगामी दिनमा पार्टीको आन्तरिक र मुलुकको समग्र लोकतान्त्रिक पद्धतिको विकासमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोगले मन्त्रालयमा पठाएको निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयममाथि केही सामान्य छलफलपछि सदनमा पठाइने बताउँदै मन्त्री लामिछाने केही राम्रा विषयलाई मस्यौदामा थप समावेश गर्न आफूले आयोगलाई सुझाव दिएको बताए ।

इलाममा हुने प्रतिनिधि सभा सदस्य र बझाङको प्रदेश सभा सदस्य निर्वाचनमा सरकार संवेदनशील रहेको उनले बताए ।

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र मितव्ययी तुल्याउने विषयमा सरकारकातर्फबाट सम्पूर्ण सहयोग हुने उनको भनाइ थियो ।

salt training

कमेन्ट गर्नुहोस्