०४ असार २०८३, बिहीबार

आज घोडेजात्रा मनाइँदै, काठमाडौँमा सार्वजनिक बिदा

चैत २६, २०८०
काठमाडौं
आज घोडेजात्रा मनाइँदै, काठमाडौँमा सार्वजनिक बिदा

 प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व सोमबार मनाइँदैछ । पर्व काठमाडौँ उपत्यकामा परम्परागत रुपमा मनाइँदैछ ।

जनविश्वासअनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित शहरवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय जनतामा रह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिन्छ । यसो गर्दा गुरुमापाको आत्माले स्थानीयवासीलाई दुःख दिँदैन भन्ने जनविश्वास छ । 
 यस अवसरमा आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्