
सरकारले वैदेशिक रोजगारमा घरेलु श्रमिकका रूपमा जान लगाएको बन्देजले महिला झनै जोखिममा परेको एक अध्ययनले देखाएको छ । बन्देजका कारण श्रम स्वीकृति नलिई अवैध प्रक्रिया र बाटो भएर रोजगारीमा श्रमिक गइरहेको र यसले जोखिम बढाएको आप्रवासी महिला कामदार समूह (आमकास) नेपालको अध्ययनले देखाएको हो ।
वैदेशिक रोजगारमा जाने महिला श्रमिकलाई सचेतना, उद्धारलगायतमा सहयोग गर्दै आएको आमकासले सञ्चालन गरेको अल्पकालीन आश्रयस्थल (सेल्टर) मा आउनेमध्ये ७५ प्रतिशत महिला कागजातविहीन हुने देखिएको छ ।
आमकासका अनुसार गएको एक वर्षभित्र आमकासको सेल्टरमा बसेका १७२ जनामध्ये ७५ प्रतिशत कागजातविहीन रहेका छन् । गोरखापत्रमा खबर छ ।