०६ असार २०८३, शनिबार

सीमा नाकाबाट अवैध रुपमा यसरी भइरहेको छ पटकाको आयात

कात्तिक २०, २०७४
सीमा नाकाबाट अवैध रुपमा यसरी भइरहेको  छ पटकाको आयात

वीरगञ्ज, २७ असोज– हिन्दूहरुको महान् चाड दशैँ सकिएलगत्तै तिहारपर्वलाई लक्षित गरी तस्करले पर्सा तथा बारा जिल्लाका विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु भएको छ ।

नेपाल भारतबीच रहेको खुल्ला नाकाको फाइदा उठाउँदै तस्करले सो नाकामा रहेका सुरक्षाकर्मीबाट लुकाइछिपाइ ठूलो परिमाणमा पटका भित्रियाउने गरेका छन् ।

तस्करले पर्साको भिस्वा, सिकटा, भेलाइ, इनर्वा, ठोरी, सिर्सिया तथा बारा जिल्लाको मटिअर्वा, सिम्रौनगढ, कचौर्वालगायतका नाकाबाट पटका ल्याउने गरेको देखिन्छ । प्रहरीले थोरै मात्रामा पटका समाते पनि तस्करले सीमा नाकामा रहेका प्रहरीलाई आफ्नो पक्षमा पारेर पटकाको व्यापक तस्करी गर्ने गरेको पाइएको छ ।

क्यारियरवालाले भारतको रक्सौललगायतका भारतीय बजारबाट ती पटका वीरगञ्ज, कलैयालगायतका नेपाली बजारसम्म पुर्याएरबापत सम्बन्धित व्यापारीसँग ५० प्रतिशत तथा काठमाडौँसम्म पुरयाएबापत अधिकतम २०० प्रतिशतसम्म लिने गरेको वीरगञ्जको मीनाबजारमा भेटिएका एक यस्ता व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा राससलाई बताएका छन् ।

ती क्यारियरवालाले सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीलाई आफ्नो पक्षमा पारेर भारतबाट विभिन्न सामान ल्याउँदा त्यसभित्र पटका लुकाएर ल्याउने गरेको बताएका छन् ।

अतिप्रज्वलनशील पदार्थका रुपमा रहेको पटका नेपाल भित्रिने गरेकोबारे प्रहरी अधिकारीले अस्वीकार गरेका छन् तर सीमा नाकामा प्रहरीले भेटृाएसम्म पटका भने समात्ने गरेको दाबी गर्दै आएका छन् । खास गरी भारतबाट आउने मालबाहक सवारीसाधन जिप, कार, टाँगाजस्ता गाडीमा पटका लुकाइछिपाइ ल्याउने गरेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्