१० असार २०८३, बुधबार

उपचुनाव हुने क्षेत्रमा आजबाट आचारसंहिता लागू हुने

चैत २८, २०८०
काठमाडौं
उपचुनाव हुने क्षेत्रमा आजबाट आचारसंहिता लागू हुने

इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आजबाट ती क्षेत्रमा आचारसंहिता लागू हुने भएको छ । उपचुनाव हुने इलाम-२ र बझाङ-१ प्रदेश सभा निर्वाचन क्षेत्रमा आचारसंहिता लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । 

आजदेखि लागू आचारसंहिता निर्वाचन सम्पन्न नभएसम्म जारी रहने उनले बताए । 

प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ र प्रदेशसभा अन्तर्गत बझाङ–१ को ‘१’ मा वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्