१२ असार २०८३, शुक्रबार

भारतको अवस्था उत्तर कोरियाको भन्दा खराब रहेको रिपोर्ट सार्वजनिक

कात्तिक २०, २०७४
भारतको अवस्था उत्तर कोरियाको भन्दा खराब रहेको रिपोर्ट सार्वजनिक

विश्व भोकमरी सूचकमा भारतको अवस्था उत्तर कोरिया, म्यान्मार, श्रीलङ्का र बंगलादेशभन्दा पनि नराम्रो अवस्थामा रहेको रिपोर्ट सार्वजनिक भएको छ ।

संसारभरीका विकासशील देशमा भोकमरीको समस्यामा इन्टरनेशनल फूड पोलिसी रिसर्च इन्स्टिच्यूटको तर्फबाट केही समयअघि जारी गरिएको रिपोर्टमा १ सय १९ देशमा भारत सयौं नम्बरमा रहेको टाइम्स अफ इण्डियाले जनाएको छ । 

एसियाली मुलुकमध्ये भारत अफगानिस्तान र पाकिस्तानभन्दा अगाडि छ । पछिल्लो वर्ष ९७ औं स्थानमा रहेको भारत यसवर्ष तीन स्थान ओरालो लागेको हो । बाल कुपोषणले यो स्थितीलाई थप बढाउन सहयोग गरेको उक्त रिपोर्टमा बताइएको छ ।

भोकमरि सूचनले विभिन्न देशमा मानिसहरुले खानेकुरा कसरी र कति पाउँछन् भन्ने अध्ययन गर्छ ।

‘ग्लोबल हंगर इन्डेक्स’ को सूचांक हरेक वर्ष ताजा आँकडासहित सार्वजनिक गरिन्छ । यो सूचांकमार्फत विश्वभरी भोकमरी चलिरहेको अभियानको उपलब्धि र विफलतालाई दर्साउने गर्दछ ।

salt training

कमेन्ट गर्नुहोस्