०६ साउन २०८३, बुधबार

उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

चैत २८, २०८०
काठमाडौं
उपनिर्वाचनका उम्मेदवारलाई चुनाव चिन्ह प्रदान

​निर्वाचन आयोगले आगामी वैशाख १५ मा हुने इलाम प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका उम्मेदवारलाई आज चुनाव चिन्ह प्रदान गरेको छ ।

इलाममा १२ राजनीतिक दलका १२ जना र आठ स्वतन्त्र उम्मेदवार गरी जम्मा २० जनाको मनोनयन पत्र दर्ता भएकामा स्वतन्त्र उम्मेदवार केशवकुमार चापागाईंले उम्मेदवारी फिर्ता लिएका छन् ।

बाँकी १९ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिन्ह प्रदान गरिएको हो ।

यस्तै, बझाङमा १२ राजनीतिक दलबाट १२ जनाको मनोनयन पत्र दर्ता भएकामा नेपाली जनता दलका उम्मेदवार अशोक सुनारले उम्मेदवारी फिर्ता लिएकाले बाँकी ११ जनाको अन्तिम नामावली प्रकाशन भई चुनाव चिन्ह प्रदान गरिएको आयोगले जनाएको छ ।

कमेन्ट गर्नुहोस्