२८ असार २०८३, आइतबार

भैरवको रथ भाँचिएपछि....

चैत २८, २०८०
भक्तपुर
भैरवको रथ भाँचिएपछि....

 भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न सुरु गरेको प्यागोडा शैलीको भैरवनाथको रथ भाँचिएको छ । 
    
मङ्गलबार दिउँसो ३ बजेदेखि हजारौँ जात्रालुले तान्न सुरु गरेको रथ निरन्तर १३ घण्टासम्म तानेर माथिल्लो क्षेत्रको दत्तात्रयसम्म पु¥याइएको थियो । फर्काउँदा रथ आज बिहान ३ बजे सुकुलढोकामा ल्याइपु¥याएको थियो । मङ्गलबार रातिनै रथलाई गःहिटी पु¥याएर पूजा गर्नुपर्नेमा सुकुलढोकामा नै छाडिएपछि आज पुनः रथलाई तानेर गःहिटी नजिकि ल्याइएको गुठी कार्यालय भक्तपुरकी प्रमुख खिमा वलीले जानकारी दिइन् ।
    
मङ्गलबार राति विगतका वर्षमा जस्तै तल्लो र माथिल्लो क्षेत्रका बासिन्दाले ढुङ्गा हानाहान गर्ने त्रास रहे पनि यस वर्ष शान्तिपूर्ण रुपमा पहिलो दिनको जात्रा सम्पन्न भएको थियो । तर चलनअनुसार रथलाई आज दिउँसो ३ बजेसम्म पनि गःपिहटी पु¥याउन सकिएन । 
    
रथ तान्ने क्रममा मुख्य तीन खामा भाँचिएर रथ बीचमै थन्किएको प्रमुख वलीले जानकारी दिइन् । उनले रथमा धेरै क्षति पुगेकाले मर्मत गर्ने कार्य जारी रहेको बताइन्। रथलाई पूरै बनाउन अझै एक साता समय लाग्ने छ । रथ जसरी पनि गःहिटी पु¥याएर पूजा गर्ने तथा यही चैत ३० गते ल्यासिंखेलमा लिङ्गो उठाउनु अगाडि पु¥याउन पर्ने बाध्यता छ । त्यसैले रथ पूर्ण नभई आंशिकरुपमा सञ्चालनमा आउने गरी मर्मत गरिरहेको प्रमुख वलीले जानकारी दिइन् ।
    
नियमानुसार चैत ३० गते भैरव र भद्रकालीको रथलाई गःहिटीबाट तानेर ल्यासिंखेल पु¥याएपछि मात्रै लिङ्गो उठाउने कार्य सुरु हुन्छ । आगामी वैशाख १ गते लिङ्गो ढालेपछि पुनः रथलाई ल्यासिंखेलबाट गःहिटी ल्याएर भैरव र भद्रकालीको रथ जुधाउने परम्परा छ । जात्रा सञ्चालनका क्रममा जथाभावी तान्दा रथ बिग्रिएर क्षति पुगेको र रथ तान्ने डोरीसमेत चोरी भएको प्रमुख वलीको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्