
ईपीएस कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक भएको छ । उत्पादनमूलक क्षेत्रका लागि लिइएको परीक्षाको सार्वजनिक नतिजाअनुसार ६ हजार ३२१ जना उत्तीर्ण भएका छन्।
उत्पादनमूलक क्षेत्रका लागि पहिलो चरणमा ४० हजार ५८० जनाले परीक्षा दिएका थिए । अब उनीहरुको २०८१ वैशाख ९ गतेदेखि १५ गतेसम्म दोस्रो चरणको परीक्षा हुनेछ।
दोस्रो चरणको स्किल टेस्ट र कम्पिटेन्सी टेस्टको परीक्षा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुने ईपीएस कोरिया शाखाले जनाएको छ।