०५ साउन २०८३, मंगलबार

बाबुराम सूर्य चिह्नबाट चुनाव नलड्ने, वाम तालमेलबाट बाहिरिने

कात्तिक २०, २०७४
बाबुराम सूर्य चिह्नबाट चुनाव नलड्ने, वाम तालमेलबाट बाहिरिने
काठमाडौं, २७ असोज– बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिले चुनाव चिह्न सूर्य लिएर चुनाव नलड्ने तयारी गरेको छ । वाम गठवन्धबाटसमेत वाहिरिएर चुनावी प्रतिस्पर्धामा जाने नयाँ शक्तिको तयारी छ ।

नयाँ शक्ति पार्टी नेपालको संघीय सचिवालयको विस्तारिक वैठकमा उपस्थित अधिकांश सदस्यले नेतृत्वले सम्मानजनक हैसियत नपाए गठवन्धनमा नजान सुझाव दिएका छन् भने आफ्नै चुनाव चिह्न लिएर मैदानमा उत्रनुपर्ने राय राखेका छन् ।

बैठकमा पार्टी संयोजक बाबुराम भट्टराईले वाम गठवन्धनमा भएको छलफल र प्रगतिबारे जानकारी सहित सुझाव मागेका थिए ।

आफ्ना विचार राख्ने अधिकांश सदस्यहरुले सम्मानजनक हैसित नभए गठवन्धनमा नवस्न सुझाव दिएका छन् । अझै केही सहभागीले आफ्नो विचार राखिरहेको कारण आजै अबेर यसबारेमा निर्णय हुने र सूर्य चिह्न लिएर चुनाव लड्नेसहित वाम गणवन्धनबाट बाहिरिने निर्णय हुने नयाँ शक्तिका एक नेताले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्