०७ असार २०८३, आइतबार

मन्त्रीलाई मोसो दल्न नपाएपछि कर्मचारीसँग विद्यार्थीको झडप

कात्तिक २०, २०७४
मन्त्रीलाई मोसो दल्न नपाएपछि कर्मचारीसँग विद्यार्थीको झडप

काठमाडौं, २७ असोज - मन्त्रीलाई कालोमोसो दल्न भनेर शिक्षा मन्त्रालय पुगेका विद्यार्थी संगठनका नेता कार्यकर्ताहरु र शिक्षा मन्त्रालयका कर्मचारीहरु बीच झडप भएको छ ।

शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाई कोलोमोसो दल्न भएका विद्यार्थीलाई कर्मचारीहरुले रोकेका थिए ।

नेविसंघ बाहेकका नौ विद्यार्थी संगठनहरु शुक्रवार ज्ञापनमत्र बुझाउने भन्दै मन्त्रीको कार्यकक्षमा पुगेका थिए । त्यसपछि उनीहरुले ढोका थुनेर नाराबाजी गरे ।

शिक्षा विधेयकको नबौं शंशोधन खारेज हुनुपर्ने लगायतका नाराहरु विद्यार्थीले लगाएका थिए । विद्यार्थीले नारावाजी गरेपछि प्रहरीले हस्तक्षेपगरेको थियो । त्यसपछि विद्यार्थीहरु निस्किएको तर कर्मचारीहरुले अबरोध गरेपछि सामानय झडप भएको अनेरास्ववियु सचिव आरसी लामिछानेले बताए ।

बिहीवारनै विद्यार्थी संगठनहरुले शिक्षा मन्त्री श्रेष्ठको कदममा आपत्ति जनाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्