०६ असार २०८३, शनिबार

बसको ठक्करबाट २२ वर्षीया निसाको मृत्यु

कात्तिक २०, २०७४
बसको ठक्करबाट २२ वर्षीया निसाको मृत्यु

चितवन, २७ असोज– बसको ठक्करबाट चितवनमा एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ बैदी घरभएकी २२ वर्षीया निशा थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चौबिसकोठीबाट नारायणगढतर्फ जाँदै गरेको ना ३ ख २२८० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको ना ३० प ५५०० नम्बरको मोटरसाइकललाई आज बिहान ११ः४५ बजे भरतपुरको वीरेन्द्र क्याम्पस गेट अगाडि ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएकी थापाको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार थापाको मृत्यु भए पनि चालक भने सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई ठक्कर दिने बस र मोटरसाइकल चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका–१६ का टीकाबहादुर बस्नेत करेन्ट लागेर गम्भीर घाइते हुनुभएको छ । बस्नेत बिहान सडकमा हिँडिरहेको समयमा पोलको तार चँुडिएर करेन्ट लागेको हो । करेन्ट लागेर गम्भीर घाइते बस्नेतको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्