०३ साउन २०८३, आइतबार

बाबुराम गोरखा– २ बाटै, चुनावमा नारायणकाजीसंग भिड्ने

कात्तिक २०, २०७४
बाबुराम गोरखा– २ बाटै, चुनावमा नारायणकाजीसंग भिड्ने

काठमाडौं २७ असोज– वामपन्थी गठबन्धनमा सहमति जुट्न नसकेपछि नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाटै उम्मेदवारी घोषणा गरेका छन् ।
यसअघि उनी गोरखाबाट दुइपटक चुनावमा विजयी भएका थिए ।

नेकपा एमाले र माओवादी केन्द्रले गोरखा बाहेकबाट चुनाव लड्न प्रस्ताव गरेपछि बाबुरामले आँखा चुनाव चिन्ह लिएर गोरखाबाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

शुक्रवार बसेको नयाँ शक्ति नेपालको सचिवालयको विस्तारित बैठकले बाबुराम सहित पाँच जनाको उम्मेदवारी घोषणा गरेको छ ।

माओवादी केन्द्रले गोरखा २ बाट नारायणकाजी श्रेष्ठलाई उठाउने तयारी गरेको छ । यसअघि उनी मकवानपुरबाट चुनाव लडेर पराजीत भएका थिए ।

माओवादीले श्रेष्ठलाई उठायो भने गोरखामा बाबुरामसंग उनको तीब्र प्रतिष्पर्धा हुने विश्लेषण गरिएको छ । एमाले र माओवादीबाट धोका भएको भन्दै नयाँ शक्तिले वामपन्थी गठबन्धनबाट अलग्गिने तयारी समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्