१६ असार २०८३, मंगलबार

नेपाल टेलिकमको सेवाबारे अब ११८ नम्बरबाट पनि सोधपुछ गर्न सकिने

कात्तिक २०, २०७४
नेपाल टेलिकमको सेवाबारे अब ११८ नम्बरबाट पनि सोधपुछ गर्न सकिने
nepal te
काठमाडौं, २७ असोज- सरकारी स्वामित्वको एक मात्रै सञ्चार कम्पनी नेपाल टेलिकमले नयाँ सोधपुछ तथा ग्राहक सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । १९७ मार्फत हुने सोधपुछ सेवा बिहिबारदेखि नयाँ संरचनाबाट सञ्चालनमा आएको हो । वायरलाइन ग्राहक सेवाका लागि १९८ र जीएसएम तथा सीडीएमए मोबाइल ग्राहक सेवाका लागि १४९८ नम्बरमा डायल गरेर ग्राहकहरुले उक्त सेवा सम्बन्धी गुनासा तथा जिज्ञासा राख्ने तथा आवश्यक जानकारी लिन सकिने टेकिमले जनाएको छ । यी सबै सेवा निःशुल्क रुपमा उपलब्ध छन् ।

हाल सम्म टेलिफोनबाट मात्र सेवाहरु दिइरहेकोमा सो सेवा केन्द्रबाट छिट्टै नै एसएमएस, इमेल तथा वेब च्याट सेवाको माध्यमबाट समेत सोधपुछ तथा ग्राहक सेवा उपलब्ध गराइने छ ।

त्यसैगरी फेसबुक, ट्वीटर लगायतका सामाजिक सञ्जालमार्फत प्राप्त सुझाव तथा गुनासाहरुको जवाफ पनि आगामी दिनमा यही केन्द्रमार्फत उपलब्ध गराउने व्यवस्था गरिनेछ ।

सोधपुछ तथा ग्राहक सम्बन्धी सेवा बाह्य संस्थामार्फत गर्ने कम्पनीको नीति अनुसार हाल नयाँ व्यवस्थापन सहित हाइवे लिंक प्रालिसँग सम्झौता गरी सेवा उपलब्ध गराउन लागिएको हो ।

सेवा केन्द्रको उद्घाटन सूचना तथा सञ्चार राज्यमन्त्री तप्तवहादुर बिष्टले गरेका छन् । बिष्टले नेपाल टेलिकमको सेवाप्रति नेपाली जनता पूर्णरुपमा विश्वस्त भए तापनि ग्राहकसँग निरन्तर नजिक भइरहनका लागि सोधपुछ तथा ग्राहक सेवा केन्द्रले थप सहयोग पुर्याउने बताए ।
कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले ग्राहकका जिज्ञासा तथा गुनासालाई समयमै सम्बोधन गर्न र कम्पनीलाई ग्राहकप्रति उत्तरदायी बनाइरहनका लागि सेवा केन्द्रको महत्वपूर्ण भूमिका हुने बताइन् ।

salt training

कमेन्ट गर्नुहोस्