१० असार २०८३, बुधबार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कति खर्च गर्न पाइन्छ ?

कात्तिक २०, २०७४
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कति खर्च गर्न पाइन्छ ?
काठमाडौँ, २७ असोज- निर्वाचन आयोगले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको अधिकतम खर्च सीमा तोकेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले पहिलो हुने निर्वाचित हुने प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको अधिकतम खर्च सीमा तोक्ने निर्णय गरेको हो ।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत हुने निर्वाचनमा उम्मेदवारले जम्मा पच्चीस लाख रुपैंया खर्च गर्न सक्ने आयोगले जनाएको छ ।
खर्च शीर्षक

election
यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु दूई लाख रुपैंयासम्म खर्च गर्न सक्नेछन् ।
यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेशसभा सदस्य निर्वाचनमा राजनीतिक दलले पेश गरेको बन्दसूचीमा उम्मेदवारको संख्या अनुसार प्रति उम्मेदवार रु एक लाख पचास हजार रुपैंयासम्म खर्च गर्न सक्ने आयोगका प्रवक्ता नवराज ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्