काठमाडौं, २७ असोज— सोमबार नयाँ वानेश्वरमा अज्ञात समूहको गोली प्रहारबाट मृत्यु भएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनलाई सरकारले शहिद घोषणा गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले गौचनलाई शहिद घोषणा गरेको हो ।
यसअघि सरकारले शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि परिवारका सदस्यहरुले शव बुझेर बिहिबार अन्त्येष्टि गरेका थिए ।
तर, प्रहरीले हत्याराको अझैं पहिचान भने गर्न सकेको छैन ।