१० असार २०८३, बुधबार

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

कात्तिक २०, २०७४
दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु
मोरङ, २७ असोज - मोरङको सुन्दरहरैचा नगरपालिका–४ स्थित गछिया पुल छेउमा आज साँझ ट्र्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को२त ५७८७ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको को२४प ९८८५ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सुन्दरहरैचा–६ का ४२ वर्षीय पुरण मण्डलको मृत्यु भएको हो । ट्र्याक्टरको ठक्करबाट गम्भीर घाइते मण्डलको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टर र त्यसका चालकलाई नियन्त्रणमा लिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक मदन गिरीले जानकारी दिनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्