११ साउन २०८३, सोमबार

आज सपथ नभए राप्रपाका मन्त्रीहरुको पद धरापमा

कात्तिक २०, २०७४
आज सपथ नभए राप्रपाका  मन्त्रीहरुको पद धरापमा
काठमाडौं २८ असोज– प्रधानमन्त्री शेरबहदुर देउवाद्वारा मन्त्रिपरिषद्मा सिफारिस राप्रपा सांसदहरुको आज (शनिबार) पद तथा गोपनियताको शपथ नभए उनीहरुको मन्त्री पद धरापमा पर्ने भएको छ ।

शनिबार संसदको कार्यकाल सकिने र गैरसांसदलाई मन्त्री बनाउन नपाइने व्यवस्थाका कारण उनीहरुको मन्त्री पद धरापमा पर्ने खतरा बढेको हो ।
Kamal Thapa
संविधानको धारा २९८ को उपधारा ६ मा प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्दा व्यवस्थापिका संसदका सदस्यहरुबाट गर्नुपर्ने व्यवस्था गरिएको छ ।

एकातर्फ संविधानमा गैरसांसद मन्त्री बन्न नपाउने व्यवस्था रहेको र अर्कोतर्फ शनिवार राती संसदको कार्यकाल सकिने भएकोले प्रस्ताविक मन्त्रीहरुको सपथ अन्योलमा परेको हो ।

राष्ट्रपति कार्यालयले निर्वाचन आयोगसँग परामर्श गरेर मात्र सपथको कार्यक्रम मिलाउने बताएको छ ।
राष्ट्रपति कार्यालयका अनुसार शनिबार राष्ट्रपति कार्यालयमा सपथको कार्यक्रम तय भएको छैन ।
शीतल निवास स्रोतका अनुसार राष्ट्रपति बिद्यादेवी भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग आइतवारमात्र परामर्श गर्नेछिन् ।

देउवाले कमल थापा सहित, जयन्त चन्द, दीलनाथ गिरी र विक्रम थापालाई मन्त्री बनाउन लागेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्