२५ जेठ २०८३, सोमबार

सांसदले फुटाए चार लाखको सीसी क्यामेरा

बैशाख ४, २०८१
धनुषा
सांसदले फुटाए चार लाखको सीसी क्यामेरा

 मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले चौथो पटक विश्वासको मत प्राप्त गरे ।  मङ्गलबारको प्रदेशसभा बैठकमा 
उनले विश्वासको मत पाएपनि प्रदेशसभा भने सहज रुपमा अघि बढेन ।  

गत माघ ८ गते सप्तरीको राजविराजस्थित मधेश कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा भएको झडपका विषयमा संसदीय छानबिन समितिको माग गर्दै जनमत पार्टीका प्रदेशसभा सदस्यले लगातार तेस्रो पटक नाराबाजीसहित विरोध गरेका थिए । दोस्रो पटक बैठकमा तनाव उत्पन्न हुँदा चार लाखभन्दा बढी लागतका सिसी क्यामेरा, माइक तथा टेबलुलगायतका सामग्रीमा क्षति पुगेको सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । 

पहिलो र दोस्रो पटक विरोध गर्दा केही समयका लागि बैठक स्थगित गरेका सभामुख मण्डलले तेस्रो पटक विरोध गर्दा जनमत पार्टी प्रदेशसभा संसदीय दलका नेता महेशप्रसाद यादवलाई बैठक कक्षबाट बाहिर निकाल्न रुलिङ गरे ।

त्यसपछि जनमतका सबै प्रदेशसभा सदस्यले बैठक बहिष्कार गरे ।  त्यसैगरी बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै कांग्रेस र प्रमुख प्रतिपक्षीलगायत दलका प्रदेशसभा सदस्यले बहिष्कार गरे पनि बैठक स्थगित नगरिएको जनाउँद लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि बैठक बहिष्कार गरेको थियो । त्यसपछि सभामुखले सत्तापक्ष मात्रै भएको बैठकको कारबाही अघि बढाएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्