३२ असार २०८३, बिहीबार

यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन् (सूची)

कात्तिक २०, २०७४
यी सांसद जो लगातार १० देखि ३१ संसद् बैठकमा उपस्थित भएनन् (सूची)

काठमाडौँ, २८ असोज- सभामुखलाई जानकारी नगराई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित भए सांसद पदबाट स्वतः निलम्बन हुने संवैधानिक व्यवस्था छ । तर, लगातार १० देखि ३१ वटा संसद बैठकमा उपस्थित नभएका सांसदले आफूलाई जानकारी गराएकाले उनीहरूको सांसद पद निलम्बन नभएको सभामुख ओनसरी घर्तीले बताइन् ।sansad
‘कोही विदेश भ्रमण, कोही बिरामी, कोही जिल्ला भ्रमण जाँदा लामो समयसम्म उतै बस्ने गरेको पाइयो,’ उनले भनिन् । आफूलाई जानकारी नदिई लगातार १० वटा संसद् बैठकमा अनुपस्थित हुने सांसद नरहेको सभामुख घर्तीले बताइन्, नयाँ पत्रिकामा खबर छ ।
संसद् बैठकमा लगातार उपस्थित नभए पनि यी सांसदले नियमित पारिश्रमिक भने लिएको संसद सचिवालयका प्रवक्ता भरतराज गौतमले बताए । उनका अनुसार यी सांसदहरूले बैठक भत्ता भने पाएनन् ।

सांसद लगातार अनुपस्थित बैठक संख्या

कांग्रेस

१. प्रदिप गिरी ११

२. नरहरि आचार्य ११

३. सुधीरकुमार सिवाकोटी १९

४. सुजाता परियार १०

५. कविताकुमारी सरदार १२

६. पद्मनारायण चौधरी ११

७. अमीयकुमार यादव १२

एमाले

१. विष्णु पौडेल ११

२. गौरीकुमारी ओली १२

३. तुलबहादुर गुरुङ १३

४. हरिबहादुर राजवंशी ११

५. कमलादेवी महतो ११

६. धनबहादुर घले ११

माओवादी केन्द्र

१. रवीन्द्रप्रताप शाह ११

राप्रपा

१. भक्तबहादुर खपांगी १०

२. रामकुमार सुब्बा ३१

३. जयन्त चन्द १९

अन्य दल

१. मिलनकुमारी राजवंशी (नेपाल परिवार दल) ११
२. डा. बाबुराम पोखरेल (लोकतान्त्रिक फोरम) २७
३. रुक्मिणी चौधरी (संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,थरुहट) १२
४. श्रवणकुमार अग्रवाल (संघीय समाजवादी फोरम) ११
५. डिल्लीप्रसाद काफ्ले (नेमकिपा) १९
६. दुर्गा पौडेल(राष्ट्रिय जनमोर्चा) २८

salt training

कमेन्ट गर्नुहोस्