काठमाडौँ, २८ असोज- प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपालाई सरकारमा सहभागि गराउने निर्णय लिएपछि नेकपा माओवादी केन्द्रले बैठक बोलाएको छ ।

अब सरकारमा सहभागि रहिरहने कि बाहिरिने भन्ने विषयमा निर्णय लिन माओवादीले शीर्ष नेताहरुको बैठक बोलाएको हो ।
प्रचण्ड निवास लाजिम्पाटमा शनिबार बोलाइएको बैठकमा प्रचण्डले शीर्ष नेता तथा मन्त्रीहरुको समेत राय सुनेर आवश्यक निर्णय लिनेछन् ।
स्रोतका अनुसार माओवादी मन्त्रीहरूले नैतिक प्रश्न उठ्ने देखिएमा राजीनामा दिने मनस्थिति बनाएका छन् ।