
मनकामना केबलकार शुक्रवार (भोलि) एक दिनका लागि बन्द हुने भएको छ ।
केबलकार टावरमा सामान्य मर्मत गर्नुपर्ने भएकाले यही वैशाख ७ गते शुक्रवारका दिन सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ ।
सेवा शनिवारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए ।
चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारबाट गोरखाको शहीदलखन गाउँपालिका–३ स्थित प्रसिद्ध धार्मिक स्थल मनकामनामाइको मन्दिर जाने भक्तजनको सहजताका लागि विक्रम संवत् २०५५ मा उक्त केबलकार सञ्चालनमा ल्याइएको हो ।