पुस २२, २०८०
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीले चलचित्र बनाउने भएका छन् ।
बालगायक अशोक दर्जी र टंक बुढाथोकीको हिट गीत ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को नाममा नै चलचित्र निर्माण गर्न लागिएको हो ।
बिहीवार चलचित्र विकास बोर्डमा फिल्म ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को निर्माण इजाजत लिएका छन् ।
टंक बुढाथोकीको निर्माण तथा निर्देशन रहने चलचित्र ‘मन विनाको धन ठूलो कि धन विनाको मन’मा निर्मातामा विनय अधिकारी रहेका छन्।
अशोक दर्जीको जीवन र सांगीतिक करिअरको उतारचढावमा आधारित रहेर फिल्म ‘मन विनाको धन ठूलो कि धन विनाको मन’को पटकथा लेखक शिवम् अधिकारीले फिल्मको स्क्रिप्ट निर्माताद्वय टंक बुढाथोकी र विनय अधिकारीलाई बुझाएका छन् ।
फिल्ममा अशोक दर्जीको मुख्य अभिनय रहने छ ।
नायक र नायिका लगायत अन्य रोलबारे चाँडै टुंगो लगाएपछि छायांकन जाने निर्माता तथा निर्देशक बुढाथोकीले जानकारी दिएका छन् ।
चलचित्रलाई २०८१ सालभित्रै प्रदर्शन गर्ने तयारी छ ।
चलचित्रमा दर्जीको संगीत करिअरमा टंकले दिएको योगदान र कथित ‘अलग’ जातको मान्छेलाई आफ्नो घरमा राखेर दिएको जातीय सहिष्णुताबारेको सन्देशको कथावस्तु चलचित्रमा समावेश हुनेछ ।
हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...
नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ । चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...
गायिका भूमिका गिरी र गायक प्रकाश दूतराजको सहकार्य रहेको दोस्रो गीत पनि करोड क्लबमा प्रवेश गरेको छ । उनीहरुले सहकार्य गरेको ‘देउरालीमा...’ बोलको गीतलाई युट्युबमा १ करोडभन्दा बढी पटक हेरिएको हो ।...
ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि । ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...
मोडल एवं अभिनेत्री दीपाशा बीसी ‘जलपरी’को मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बुधवार राति थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएकी २८ वर्षीया उनको बिहीवार दिउँसो मृत्यु भएको हो । अस्पतालले उनलाई म...
कलाकार शिशिर भण्डारीले आफ्नो हिट गीत ‘फोटो फिरिममा’ शीर्षकमा टेलिसिरियल ल्याउने भएका छन् । निर्माणको तयारी सुरु भइसकेको टेलिसिरियलमा उनकै कथा, पटकथा एवं संवाद लेखन रहनेछ । उ...
२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...