०५ असार २०८३, शुक्रबार

निर्वाचन आयोग प्रधानमन्त्रीको पक्षमा, ‘मन्त्रीलार्इ सपथ दिलाउँदा फरक पर्दैन’

कात्तिक २०, २०७४
निर्वाचन आयोग प्रधानमन्त्रीको पक्षमा, ‘मन्त्रीलार्इ सपथ दिलाउँदा फरक पर्दैन’


काठमाडौं, २८ असोज– निर्वाचन आयोगका पदाधिकारीले प्रधानमन्त्री देउवाले नियुक्त गरेका मन्त्रीलार्इ सपथ दिलाउँदा फरक नपर्ने बताएका छन् ।

शनिवार राष्ट्रपतिको आह्वानमा शीतलनिवास पुगेका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहित निर्वाचन आयोगको टोलीले राष्ट्रपति भण्डारीलाई नवनियुक्त मन्त्रीलाई सपथ दिलाउँदा फरक नपर्ने बताएको हो ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री देउवाले शुक्रवार मन्त्रिपरिषद विस्तार गरेपछि सो सम्बन्धमा राय बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारीले आयोगका पदाधिकारीलाई बोलाएकी हुन् ।

राष्ट्रपति भण्डारीले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा मन्त्रिपरिषद विस्तार गर्न हुन्छ या हुँदैन भन्ने विषयमा आयोगका पदाधिकारीको राय बुझेकी छन् ।

टोलीमा सहभागी निर्वाचन आयोगका एक अधिकारीले मन्त्रीको सपथ ग्रहण गराउने विषयमा आयोगको चासो नभएको सुझाव राष्ट्रपतिलाई दिइएको बताए । ‘निर्वाचन आयोगले तोकिएकै समायमा जसरी पनि निर्वाचन सम्पन्न गर्ने विषयसँग सरोकार राख्छ,’ आयोगका ती अधिकारीले भने, ‘मन्त्रीको सपथ ग्रहण गराउँदा त्यसमा केही अप्ठेरो पर्ने अवस्था छैन ।’

यसअघि देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा भने निर्वाचन अायोगले विज्ञप्ति निकालेर अापत्ति जनाएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्