
नेकपा एमालेले सर्वसाधारणको अरबौं रुपैयाँ ठगी गर्नेलाई कानूनी कठघरामा ल्याएर कारवाही गर्न सरकारसमक्ष माग गरेको छ ।
राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले समसामयिक प्रस्ताव सर्वसम्मतीले पारित गर्दै एमालेले यस्तो माग गरेको हो ।
‘सहकारीमा गम्भीर समस्या र बेथिति देखा परेका छन् । जनताले दुःखले जम्मा गरेको अरबौंको रकम केही व्यक्तिले अपचलन गरेका छन्', एमालेको समसामयिक प्रस्तावमा भनिएको छ, ‘लघुवित्त, मिटरब्याजीका पनि उस्तै समस्या छन् । सहकारीमा सर्वसाधारणको रकम अपचलन गर्ने गम्भीर अपराधलाई निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कठघरामा ल्याउन सरकारसमक्ष माग गर्दछ ।’