०२ असार २०८३, मंगलबार

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले, सबस्टेसनसमेत जल्यो

बैशाख ९, २०८१
गुल्मी
गुल्मीमा आगलागीबाट ८३ घरगोठ जले, सबस्टेसनसमेत जल्यो

गुल्मीमा आगलागीबाट ८३ घरगोठ जलेका छन् । शुक्रबार र शनिबार रातिसम्म लागेको आगोले जिल्लाको इस्मा गाउँपालिका¬–१, २ र ४ तथा गुल्मीदरबार गाउँपालिकामा लागेको आगोले ३७ घर र ४६ गोठ जलेर पूर्णरुपमा नष्ट भएका हुन् । 

आगलागीबाट करोडौँका भौतिक संरचना एवं सयौँको सङ्ख्यामा चौपायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रवक्ता शङ्करप्रसाद पोख्रेलले जानकारी दिए । 

 आगोले विद्युत्को सबस्टेसनसमेत जलेको छ । शुक्रबार नजिकैको वनबाट लागेको डढेलो पसेपछि गुल्मीदरबार गाउँपालिका–४ वीरवासको विद्युत् सबस्टेसन जलेको हो । सबस्टेसन पूर्णरूपमा क्षति हुनबाट रेसुङ्गा नगरपालिकाको दमकल, सुरक्षाकर्मी र स्थानीयले बचाएका छन् । आगोबाट करिब दुई करोड बराबरको क्षति भएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्