
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विचार र मुद्दा मिल्नेहरुको एकता र गठवन्धनबाट कोही डराउनु नपर्ने बताए ।
संसदको विशेष बैठकमा बोल्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले लोकतान्त्रिक पद्दति अनुसार अगाडि बढ्ने गरि दलहरु एक ठाउँमा आउँदा गलत ढंगबाट प्रचार भएको भन्दै दुख व्यक्त गरे । उनले भने,‘ नेपालमा कम्युनिजम आइहाल्ने भयो भन्ने प्रचार गरिएको छ , यो बढो र दुखद् हो ।’ प्रचण्डले भने,‘शान्तिपुर्ण रुपमा विचार मिल्ने शक्ति एक हुँद अरु कोही आत्तिनु पर्दैन ।’
प्रचण्डले देशमा स्थिरता र विकासका लागि कहिले कुन दल र कहिले कुन दलसँग मिलेको भन्दै आवश्यकता अनुसार पछि पनि हुने बताए ।
प्रचण्डले शान्तिसम्झौताको एक हस्ताक्षरकर्ता हुनाको हैसियतमा नेपाली कंग्रेससँग पनि सम्बन्ध कायम हुन्छ त्यसैले कांग्रेस आत्तिनु नपर्ने बताए ।
उनले आफू कम्युनिष्ट नेता भएका कारण बढी भन्दा बढी कम्युनिष्ट एकिकृत हुन् भन्ने सोचाइ राख्ने र त्यसअनुसार अगाडि बढ्नु गलत नभएको बताउँदै यसलाई राजनीतिक रुपमा बुझ्न कांग्रेससँग आग्रह गरे ।
आफूले नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकारलाई साथ र समर्थन रहने बताउँदा बताउँदै विश्वास नगरेको भन्दै दुःख व्यक्त गरे ।
कम्युनिष्ट पार्टीको एकता १० वर्ष देखिको मिहनेत भएको भन्दै प्रचण्डले वाम एकता देशमा अस्थिरता ल्याउने सरकार ढाल्ने सरकार परिवर्तन गर्ने विषयसँग केन्द्रित नभएको बताए ।
उनले अन्तराष्ट्रिय समुदायलाई सवै मिलेर अगाडि बढ्न खोजेको अवस्थामा अनावस्यक आशंका नगर्न आग्रह गरे ।
संविधासभाबाट संविधान घोषण गरेर त्यसको कार्यान्वयन अगाडि बढाएका छौं त्यसैले संविधानको व्यवस्था बमोजिम खुसी र गर्वको अनुभुति गरिरहेको प्रचण्डले बताए ।
संविधानसभाका लागि सवैभन्दा ठूलो बलिदान गरेको नेताको हैसियतमा गौरवान्ति रहेको उनले बताए ।
प्रचण्डले पहिलो पटक संविधान जारी नभएपछि दोस्रो बाट पनि नहोला भन्ने चिन्ता लागेको बताउँदै सवैको मिहेनतले सार्थकता पाएको बताए ।
प्रचण्डले दोस्रो संविधानसभाको बनावट हेर्दा हामीले चाहेको जस्तो संविधान बन्ने अवस्था थिएन त्यसै कारण हामीले प्राप्त गर्न सकिने कुरालाई साथ लिएर जान तयार भएको बताए । यो सवैको संझौताको दस्तावेज भएको बताए ।
उनले आउने संसदले संविधान संशोधनलाई अगाडि बढाउने छ र सवै शक्ति मिलेर संविधानलाई थप संवृद्ध बनाउन आशा व्यक्त गरे ।