२९ जेठ २०८३, शुक्रबार

नेपाल राष्ट्रिय शिक्षक संगठनको बहिस्कारबीच आजदेखि शिक्षक महासंघको महाधिवेशन

बैशाख १०, २०८१
काठमाडौं
नेपाल राष्ट्रिय शिक्षक संगठनको बहिस्कारबीच आजदेखि शिक्षक महासंघको महाधिवेशन

नेपाल शिक्षक महासंघको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि शुरू हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासंघको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक संगठनले भने  भाग नलिने भएको छ ।

महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरूले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । 

महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले आरोप लगाए । 

महासङ्घका महासचिव लक्ष्मीकिशोर सुवेदीले भने विभिन्न चरणमा वार्ता र संवाद गर्दा पनि सङ्गठन आफूसमेत सहभागी बैठकका निर्णयबाट पछि हटेको जिकिर गरे ।

salt training

कमेन्ट गर्नुहोस्