११ साउन २०८३, सोमबार

निर्वाचन आयोगको ‘ग्रीन सिग्नल’पछि राप्रपाका मन्त्रीको सपथ, देउवाले आफ्नै रेकर्ड तोडे

कात्तिक २०, २०७४
निर्वाचन आयोगको ‘ग्रीन सिग्नल’पछि राप्रपाका मन्त्रीको सपथ, देउवाले आफ्नै रेकर्ड तोडे
काठमाडौं, २८ असोज— निर्वाचन आयोगले मन्त्रिमण्डल विस्तारमा नरमपना देखाएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा राप्रपाका ४ मन्त्री र ४ राज्यमन्त्रीको सपथ भएको छ ।
शनिबार राती राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष कार्यक्रममार्फत राष्ट्रपति विद्यदेवी भण्डारीले पद तथा गोपनियताको सपथ गराएकी हुन् ।_MGM9398 - Copy
राप्रपा अध्यक्ष कमल थापाले उपप्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ लिएका छन् । यस्तै दीलनाथ गिरी, विक्रम थापा र जयन्त चन्दले विना विभागिय मन्त्रीको रुपमा सपथ लिएका छन् ।
सो लगत्तै सुशील श्रेष्ठ, क्रान्ता भट्टराई, कुन्ती शाही र भास्कर भद्राले पनि राज्यमन्त्रीको रुपमा सपथ लिए  ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार नै उनीहरुको पद तथा गोपनियताको सपथ गराउन चाहेको भएपनि राष्ट्रपति कार्यालयले असन्तुष्टि जनाएपछि आज अबेरमात्रै सपथ हुन सकेको हो ।
निर्वाचन आचारसंहिताविपरित सपथ हुन नसक्ने भन्दै राष्ट्रपति कार्यालयले निर्वाचन आयोगसँग परामर्श गर्दा आयोगले कुनै फरक नपर्ने राय दिएपछि राष्ट्रपति कार्यालयले सपथ ग्रहणको कार्यक्रम तय गरेको थियो । यसअघि निर्वाचन आयोगले निर्वाचन आधारसंहिता विपरित मन्त्रिमण्डल विस्तार नगर्न भन्दै आएको भएपनि आज आएर बोलि फेर्दै मन्त्रिमण्डल विस्तार गर्न सकिने बताएको हो ।
देउवाले मन्त्रिमण्डल विस्तार गरेको यो छैटौं पटक हो । देउवाले पछिल्ले समय राप्रपाका ८ जनालाई सरकारमा सहभागि गराएसँगै मन्त्रिपरिषद्को संख्या ६४ सदस्सीय बनेको छ ।
यसअघि २०५२ सालमा ५२ सदस्सीय मन्त्रिमण्डल बनाएर बद्नामी कमाएका देउवाले २०७४ सालमा आइपुग्दा मन्त्रिमण्डलको आकारमा एकपछि अर्को गरी बढाउँदै आफ्नै रेकर्ड तोड्दै आएका छन् ।
यसैबीच देउवाले मन्त्रिमण्डल विस्तार गरेपनि सत्ता साझेदार नेकपा माओवादी केन्द्रले सरकार नछाड्ने जनाएको छ ।
शनिबार बसेको माओवादी शीर्ष नेताहरुको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने र मन्त्रीहरुलाई पनि फिर्ता नबोलाउने निर्णय गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्