०९ साउन २०८३, शनिबार

मणिपुरमा रद्द भएको निर्वाचन फेरि शुरू

बैशाख १०, २०८१
काठमाडौं
मणिपुरमा रद्द भएको निर्वाचन फेरि शुरू

गुवाहाटी– गत साता हिंसाका कारण रद्द भएका उत्तरपूर्वी भारतीय राज्य मणिपुरका मतदाताहरू सोमवारर कडा सुरक्षाका बीच मतदानमा फर्किएका छन् । 

शुक्रवार राष्ट्रिय निर्वाचनमा मतदानको पहिलो दिन हतियारधारीहरूले मणिपुर राज्यका करिब तीन हजार मतदान केन्द्रमध्ये ११ को चुनावी मेसिनमा क्षति पुर्याएपछि भारतीय निर्वाचन अधिकारीहरूले ती मतदान केन्द्रको परिणामलाई रद्द गरेका थिए । 

राज्य अधिकारीहरूका अनुसार कम्तीमा ६ वटा मतदान केन्द्रमा सशस्त्र व्यक्तिहरूले मत हाल्न प्रयोग गरिने इलेक्ट्रोनिक भोटिङ मेसिन तोडेका थिए । सन् २०२३ देखि मणिपुर राज्य दुई प्रमुख जातीय समूहबीचको जातीय हिंसाले आक्रान्त छ । भीडले गाउँहरूमा तोडफोड गर्दै आगो लगाएपछि करिब दुई सय मानिस मारिएका छन् भने ६० हजारभन्दा धेरै विस्थापित भएका छन् । 

कुकी (क्रिस्चियन) र हिन्दू (मेइटी)बीच अशान्ति भड्किएको थियो । म्यान्मारसँगको भारतको सीमामा रहेका पहाडहरूमा ३७ लाख मानिस बसेको राज्य मणिपुरमा सेनाको उपस्थिति भए पनि झडपहरू भइरहेका छन् । 

भारतमा विश्वको सबैभन्दा ठूलो लोकतान्त्रिक निर्वाचन शुक्रवारदेखि शुरू भएको छ । निर्वाचनमा २१ राज्यका लाखौँ मतदाताले मत खसालेका छन् । ६ सातासम्म चल्ने बहुचरणको निर्वाचनमा लोकप्रिय प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो सिधा कार्यकालको खोजीमा हिन्दू राष्ट्रवादलाई मूलधार बनाउएका छन् । मतगणना जुन ४ मा हुनेछ । 

मुख्य विपक्षी कांग्रेस पार्टीले शुक्रवार मणिपुरमा मतदानमा धाँधली भएको भन्दै ४७ मतदान केन्द्रमा पुनः मतदानको माग गरेको थियो । यसअघि सोही दिन मणिपुरमा सशस्त्र समूहरूबीच झडप भएको थियो । हिंसा भएपनि उक्त राज्यमा ६६ दशमलव पाँच प्रतिशत मतदान भएको छ । मणिपुरका अन्य भागमा अप्रिल २६ मा दोस्रो चरणको मतदान हुनेछ । 

salt training

कमेन्ट गर्नुहोस्