०१ साउन २०८३, शुक्रबार

पर्साका एक शिक्षकले नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको अख्तियारको आरोपः विशेषमा मुद्दा दायर

बैशाख १०, २०८१
काठमाडौं
पर्साका एक शिक्षकले नक्कली अध्यापन अनुमतिपत्र पेश गरेको अख्तियारको आरोपः विशेषमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्सामा एक शिक्षकविरुद्ध नक्कली अध्यापन अनुमतिपत्रसम्बन्धी मुद्दा दायर गरेको छ ।

अख्यिारले पर्साको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरीका प्राथमिक तहका शिक्षक जनार्दनप्रसाद कानुउपर सोमवार विशेष अदालतमा मुद्दा दायर भएको हो ।

कानुले प्राथमिक तह अध्यापन अनुमतिपत्र नक्कली पेश गरी नियुक्ति लिएको पाइएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

salt training

कमेन्ट गर्नुहोस्