०७ असार २०८३, आइतबार

नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

बैशाख १०, २०८१
पर्सा
नारायणी अस्पतालको आकस्मिक कक्षमा ज्वरोका बिरामी बढे

गर्मी बढेसँगै नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।  नारायणी अस्पताल वीरगञ्जका अनुसार अन्य यामको तुलनामा अहिले आकस्मिक कक्षमा उपचार गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको जनाएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा चीतरञ्जन शाहले अन्य दिनको तुलनामा गर्मी बढेसँगै आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढेको बताए।

‘‘अहिले अस्पतालमा ज्वरो र पेट दुख्ने समस्या लिएर अस्पतालको आकस्मिक कक्षमा उपचार गर्न आउने बिरामीको सङ्ख्या भने बढेको छ’’, उनले भने, ‘‘सामान्य दिनमा आकस्मिक कक्षमा धेरै बिरामी आउँदैन्थे । तर, अहिले दैनिक ९० भन्दा धेरै जना ज्वरो तथा पेट दुख्ने समस्याका बिरामी आकस्मिक कक्षमा उपचार गर्न आइरहेका छन् ।’’ 

नारायणी अस्पतालमा दैनिक नौ सयभन्दा धेरै बिरामी उपचार गर्न आउने गर्छन् । 
आज सिमराको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस मापन गरिएको छ । न्यूनतम तापक्रम भने २० डिग्री सेल्सियस रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्